४ वैशाख २०८१ मंगलबार
खेल

सुपर ओभरमा बैंलोरको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सविरुद्ध सुपर ओभरमा जित निकालेको छ। पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। २०२ रनको लक्ष्य पाएको मुम्बईले ५ विकेटको क्षतिमा समान २०१ रन बनाएको थियो। यो सँगै खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो। नवदीप सैनीको पहिलो दुई बलमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले १-१ रन लिए। चौथो बलमा पोलार्डले चौका प्रहार गरे। तर पाँचौ बलमा भने उनी क्याचआउट भए। अन्तिम बलमा हार्दिकले १ रन लिए।

बेंगलोरका कप्तान विराट कोहली र एबी डी भिलियर्स ब्याटिङमा आउँदै जितलाई अघि बढाए। पहिलो बलमा एबीले एक रन बनाए। बेंलोरलाई जित नजिक चौथो बलमा डी भिलियर्सको चौकाले पुर्यो। अन्तिम बलमा कोहलीले चौका प्रहार गर्दै बेंगलोरलाई जित दिलाएका थिए।  यस सिजनको आईपीएलमा यो दोस्रो सुपर ओभर हो। यसअघि दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो।

 

 

प्रकाशित: १३ आश्विन २०७७ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App