coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

थिम दोस्रो चरणमा

(एएफपी)– युएस ओपन च्याम्पियन डोमिनिक थिम क्रोएसियाका मरिन सिलिचलाई हराउँदै सोमबार फ्रेन्च ओपनको दोस्रो चरणमा पुगेका छन्।  विश्व नम्बर तीन थिमले सिलिचमाथि ६–४, ६–३ र ६–३ को जित निकाल्दै यस वर्षको अन्तिम ग्रान्ड स्लाम फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका हुन्। थिम पछिल्ला दुई संस्करणको फ्रेन्च ओपन फाइनलमा स्पेनिस स्टार राफाइल नाडालसँग पराजित हुँदै उपाधिविमुख भएका थिए। उनले तेस्रो चरणमा अमेरिकाका ज्याक सकविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। सन् २०१४ को युएस ओपन च्याम्पियन सिलिचलाई पहिलो चरणमै स्तब्ध बनाउँदै थिमले यसै वर्ष दोस्रो ग्रान्ड स्लाम उचाल्ने लक्ष्य बनाएका छन्। उनले यसै महिना मात्र न्युयोर्कमा करियरको पहिलो ग्रान्ड स्लाम उचालेका थिए।  

उनी पुरुषतर्पको खुलामा लगातार दोस्रो उपाधि जित्ने खेलाडी बन्ने दाउमा छन्। मेको अन्त्यदेखि जुनसम्म सञ्चालन हुने फ्रेन्च ओपन कोरोना भाइरस महामारीका कारण सरेको थियो, जहाँ प्रभावित भएको ग्रान्ड स्लाममा थिमले सफलता प्राप्त गरेका छन्। ‘मलाई मन पर्ने प्रतियोगितामध्ये एक यो पनि हो। यस प्रतियोगितामा राम्रो पनि गर्दै आइरहेको छु, यस पटक पनि सुरुआत राम्रो नै भएको छ,’ अस्ट्रियन स्टार थिमले भने, ‘पहिलो चरणको प्रदर्शनबाट एकदम खुसी छु। क्ले कोर्टमा राम्रै तवरबाट खेल भइरहेको छ।’ स्पेनिस स्टार नाडाल यस पटक रोजर फेडेररको नाममा रहेको पुरुषतर्पmको सर्वाधिक २० ग्रान्ड स्लाम रेकर्ड बराबरी गर्ने लक्ष्यमा छन्।  

नाडालले यस पटक फ्रेन्च ओपनको कोर्टमा खासै राम्रो नरहेको प्रतिक्रिया दिएका छन्। फ्रेन्च ओपनको सबैभन्दा सफल खेलाडी नाडालले १२ पटक यस प्रतियोगिताको उपाधि उचालेका छन्। उनले  सन् २००५ मा पहिलो पटक फ्रेन्च ओपन जितेका छन्। महिलातर्पm दुई पटक विम्बल्डन च्याम्पियन पेत्रा केभितोभाले फ्रान्सकी ओसिन डोडिनलाई पराजित गरेकी छन्। वर्षाले प्रभावित भएको खेलमा पेत्राले डोडिनलाई ६–३ र ७–५ ले हराउँदै  सुखद सुरुआत गरेकी छन्। डच खेलाडी किकी बर्टेन्सले १ सय १२औं वरीयता प्राप्त युक्रेनकी क्याटरिना जाकास्कालाई २–६, ६–२ र ६–० ले हराइन्।

प्रकाशित: १३ आश्विन २०७७ ००:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App