४ वैशाख २०८१ मंगलबार
खेल

लगातार खराब नतिजा दिएको भन्दै वाग्नर बर्खास्त

लगातार खराब नतिजा दिएको भन्दै बुन्डेसलिगा क्लब साल्केले मुख्य प्रशिक्षक डेविड वाग्नरलाई बर्खास्त गरेको छ। बुन्डेलिगामा साल्केले जनवरीयता कुनै पनि खेल जित्न सकेको छैन। नयाँ सिजनमा पनि साल्केले पहिलो दुई खेलमा हार बेहोरिसकेको छ। सिजनको पहिलो खेलमा लिग विजेता बायर्न म्युनिखसँग ८–० को लज्जास्पद हार बेहोरेको साल्केले शनिबार दोस्रो खेलमा वेर्डेर ब्रेमेनलाई ३–१ को नतिजा सुम्पिएको थियो। यस क्रममा साल्केले दुई खेलमा ११ गोल खाएको छ भने १ गोल मात्र गरेको छ।  

‘हामीले विगतमा खराब नतिजा आए पनि नयाँ सिजनको सुरुआतपछि प्रदर्शनमा सुधार आउने अपेक्षा गरेका थियांै। दुर्भाग्यवश सिजनको सुरुआती दुई खेलमा सुखद नतिजा आउन सकेन,’ साल्केका खेलकुद निर्देशक योचेन सेचनाइडरले भने, ‘त्यसैले हामी नयाँ योजनाका साथ अघि बढ्ने निर्णय लिन बाध्य भएका छांै। यो टोलीका लागि लिइएको निर्णय हो।’  

‘मैले टोलीले चाहेको नतिजा दिन सकिनँ र म यसको जिम्मेवारी लिन तयार छु,’ वाग्नरले शनिबारको खेलपछि भनेका थिए।

प्रकाशित: १२ आश्विन २०७७ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App