coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कास्कीमा एक स्थानीय तह एक खेलमैदान

खेलमैदान बनाउन मन्त्रालयमा प्रस्ताव

कास्कीका तीन गाउँपालिकाले खेलमैदान पूर्वाधार निर्माण तथा सम्पन्न गर्नको लागि युवा तथा खेलकुद मन्त्रालयमा प्रस्ताव पेश गर्ने तयारीमा छन्। युवा तथा खेलुकद मन्त्रालयले एक स्थानीय तह एक खेल मैदान निर्माणको योजनालाई मूर्त रुप दिने उद्देश्यसहित गतसाता मात्रै प्रस्ताव माग गरेको थियो। मन्त्रालयले ३५ दिने सूचनासहित माग गरिएको प्रस्ताव अनुसार कास्कीको अन्नपूर्ण, माछापुच्छ्रे र रुपमा गाउँपालिकाले प्रस्ताव तयार गरेका हुन्। मादी गाउँपालिकाले भने खेल मैदान निर्माणको लागि जग्गा छनोटकै छलफलमा रहेको उल्लेख गरेको छ।

माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा समेत फुटबल मैदानसहित एथलेटिक्स ट्रयाक निर्माण गरिएको गर्ने योजना छ। पोखरा रंगशालापछिको एथलेटिक्स ट्रयाकसहितको फुटबल मैदान भएको पहिलो बन्ने विश्वास छ।  ‘गतवर्ष ५० लाख आएको हो। त्यही बजेटबाट ४ लेनको एथलेटिक्स ट्रयाक बनाइएको बनाउने योजना थियो। तर बजेटले पुगेन। केवल जमिन सम्याउने, जाली हाल्ने लगायतका काम गरियो।’ गाउँपालिकाका ईन्जिनियर शैलेन्द्र क्षत्रीले भने–‘डिपिआर तयार गर्दै छौं। के–के सम्भव हुन्छ। त्यही बनाउन बजेटसहित प्रस्ताव पठाउँछौं।’

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित माछापुच्छ्रे माविको खेल मैदान स्तरोन्नति गरिएको छ। गत वर्ष मन्त्रालयले दिएको ५० लाख रुपैयाँले फुटबल मैदान स्तारोन्नति गरिएको छ। उत्तर, पश्चिम र दक्षिण तर्फ प्यारापिट निर्माण गरिदैं छ। ‘हामीले मैदानसहित प्यारापिट, चेन्जिङ रुम तथा प्यारापिट माथि छत हाल्ने डिजाईनसहित प्रस्ताव पेश गर्ने तयारीमा छौं’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले भने–‘त्यसको लागि डेढ करोडको प्रस्तावना बनाइएको छ। मन्त्रालय पठाउन बाँकी छ।’ गत वर्ष प्राप्त ५० लाख रुपैयाँको बजेटबाट उत्तर तर्फ ५ स्टेपका ८५ मिटर लामो प्यारापिट बनाइएको छ। मैदानकै लागि राष्ट्रिय खेलकुद परिषदबाट विभिन्न चरणमा गरी १५ लाख रुपैयाँ उपलब्ध गराइएको थियो।  

त्यस बजेटबाट मैदान वरिपरी नाली निर्माण गरिएको छ। झण्डै १६ सय मिटरमा उचाईमा रहेको फुटबल मैदानमा केहीवर्ष अघिसम्म स्थानीय एपेक्स क्लब ढिकुरपोखरीले क्ल बस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो। रुपा गाउँपालिकाले खेलकुद पूर्वाधारको लागि १ करोड १५ लाख रुपैयाँको प्रस्ताव पेश गर्ने जनाएको छ। सेभेन ए साइडस्तरी फुटबल मैदान, भलिबल कोर्ट, बास्केटबल कोर्ट, टेवलटेनिस बोर्ड तथा दुईहजार दर्शक क्षमताको दर्शक प्यारापिट बनाउने योजना रहेको अध्यक्ष ओझाले सुनाए। उनका अनुसार गतवर्ष मन्त्रालयबाट आएको ३५ लाख रुपैयाँ र गाँउपालिकाको ३० लाख रुपैयाँबाट केही घर विस्थापित गरेर नाली निर्माण, जमिन सम्याउने, तारजाली लगाउने काम सम्पन्न गरिएको थियो।

‘सवा करोडको योजना पठाउने तयारीमा छौं' ‘उनले भने–‘बजेट आए ती पूर्वाधारसहित व्यवस्थित खेल मैदान तयार हुने छ। गाउँपालिकामा खेलमैदानको आवश्यक पूर्वाधार समेत नहुँदा विद्यालयस्तरीय राष्ट्रिपति रनिङशिल्ड समेत आयोजना गर्न कठिनाई भएको उल्लेख गर्दै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले पूर्वाधार निर्माणले गाउँको विद्यालयको खेलस्तरमा वृद्धि हुने विश्वास समेत व्यक्त गरे।  

 

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित निर्माणाधिन माछापुच्छ्रे माविको खेल मैदान । तस्बिर फाईल

प्रकाशित: ११ आश्विन २०७७ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App