६ वैशाख २०८१ बिहीबार
खेल

वसन्ती च्याम्पियन

बागलुङकी वसन्ती बुढामगर चौथो रोल्पा खुला सिनियर महिला भर्चुअल आइटिएफ तेक्वान्दो च्याम्पियन भएकी छन्। रोल्पा आइटिएफ तेक्वान्दो संघको आयोजनामा भएको च्याम्पियनसिपअन्तर्गत शनिबार सम्पन्न प्याटर्नतर्पmको प्रतिस्पर्धामा वसन्ती च्याम्पियन भएकी हुन्। 

काठमाडौंकी पूजा खुलाल मगर दोस्रो हुँदा पाल्पाकी निस्मा बस्याल तेस्रो स्थानमा रहिन्। प्याटर्नमा कुल पाँच पक्ष राखिँदा ३४ अंकको पूर्णाङ्क निर्धारण गरिएको थियो। जसमध्ये वसन्तीले ३१.५ अंक ल्याउँदा पूजाले २९ अंक प्राप्त गरेकी थिइन्। निश्मा भने पूजाभन्दा दुई अंकले पछि परेपछि तेस्रो स्थानमा खुम्चिइन्। च्याम्पियन वसन्तीले १२ हजार, पूजाले आठ हजार र तेस्रो स्थानमा सीमित निस्माले ६ हजार नगद पुरस्कार प्राप्त गरे।

उक्त च्याम्पियनसिपका लागि रोल्पा आइटिएफ तेक्वान्दो संघका सल्लाहकार रोशन केसीले १५ हजार नगद पुरस्कार प्रायोजन गर्दा बाँकी रकम जिल्ला कमिटीले नै बेहोरेको थियो। च्याम्पियनसिपका लागि नेपाल आइटिएफ तेक्वान्दो महासंघका रेफ्री चेयरमेन प्रवीणकुमार कार्कीको नेतृत्वमा सात सदस्यीय राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रेफ्रीको छनोट समिति तय गरिएको थियो। महासंघ र जिल्ला संघको सहकार्यमा खेलाडीले प्रस्तुत गरेको प्याटर्न भिडियोको मूल्यांकन गरी भिडियो कन्फेरेन्समार्फत नतिजा सार्वजनिक गरिएको प्रतियोगिता संयोजक तथा रोल्पा आइटिएफ तेक्वान्दो संघका अध्यक्ष विक्रम बाठामगरले जानकारी दिए।

च्याम्पियनसिपमा १ सय २३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। एसियन आइटिएफ तेक्वान्दो महासंघका सदस्यसमेत रहेका नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमलाले महामारीको समयमा भर्चुअल च्याम्पियनसिपको अवधारणाले खेलाडीलाई केही मात्रामा आर्थिक सहायता दिनुका साथै उनीहरूको आत्मविश्वास बढाउने विश्वास व्यक्त गरे। उनले महामारीका समय घरमै खुम्चिएर बसेका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनुले उनीहरूको लयलाई समेत जोगाइराख्ने बताएका छन्।

‘पछिल्ला समय सबै खेलाडी घरमै बस्न बाध्य छन्। सामान्य अभ्यासभन्दा अर्को विकल्प खेलाडीसँग छैन र यस्तो अवस्थामा प्रतियोगिता हुनु भनेको उनीहरूको मनोबल बढाउने काम हो। यसले थोरै भए पनि खेलाडीको आर्थिक पाटोमा समेत सघाउ पु¥याउँछ,’ धमलाले भने, ‘सबै जिल्ला संघले यस्ता कार्यक्रम सञ्चालन गरे खेलाडीको लय जोगाइराख्न मद्दत पुग्नेछ।’  रोल्पा आइटिएफ तेक्वान्दो संघका अध्यक्ष विक्रमले भने यस्तो अवस्थामा खेलाडीलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ र खेलमा क्रियाशील  राख्न यस किसिमका प्रतियोगिताले मद्दत पु¥याउने विश्वास व्यक्त गरे।

प्रकाशित: ११ आश्विन २०७७ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App