१६ चैत्र २०८० शुक्रबार
खेल

विराट कोहलीलाई १२ लाख जरिवाना

रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ।  भारतीय सञ्चार माध्यम अमर उजालाकाअनुसार इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा स्लो ओभर रेटमा बलिङ गरेको अभियोगमा  कोहलीलाई १२ लाख जरिवाना गरिएको हो। 

लिगको बयानमा भनिएको छ, रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाइृ जरिवाना गरिएको छ। उनको टीमले बिहीवार किंग्स इलाभेन पन्जालविरुछ स्लो ओभर रेटमा बलिङ गरेको आरोप छ।’  

यो पनि पढ्नुहोस्

कोहलीका यी दुई गल्ती, जसकारण रोयल च्यालेन्जर्सले नराम्रो हार ब्यहोर्‍यो

लिगले भनेको छ, ‘आरबिसीको उस सिजनमा पहिलो पटक स्लो ओभर रेटमा बलिङ भयो। आइपीएलको आचार संहिताअनुसार उनलाई जरिवाना गरियो।’

दुबईमा बिहीवार भएको खेलमा किंग्स इलेभेन पन्जाबले रोयल च्यालेन्जर्स बैंलोरलाई ९७ रनले हरायो। किंग्स इलेभेन पन्जाबले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा रोयल च्यालेन्जर्स बैंलोर १७ ओभरमा १०९ रनमै सीमित भयो।

प्रकाशित: ९ आश्विन २०७७ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App