coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कोहलीका यी दुई गल्ती, जसकारण रोयल च्यालेन्जर्सले नराम्रो हार ब्यहोर्‍यो

‘कैचेज विन मैचेज’ अर्थात क्याचले म्याच जिताउँछ। क्रिकेटमा प्राय सुनिने यो भनाइ बिहीवार चरितार्थजस्तै भयो। जब कप्तान कोहलीले एक होइन दुई दुई क्याच छुटाए। खेलमा १७औं ओभरको बल फ्याकिदै थियो। बलर डेल स्टेन महँगा सावित भइरहेका थिए। तर त्यही बेला एक मौका आएको थियो। डेलले दिएका रनको भरपाइ गर्ने।

किंग्स इलाभेन पन्जाबका कप्तान केएल राहुलको विकेट लिने अवसर विरोधी टीमका कप्तान विराट कोहलीको हातमा आएको थियो। तर कोहली त्यसमा असफल भए। यो कप्तान कोहलीको पहिलो गल्ती हो। जुन टीमका कुनै अरु खेलाडीले गरेको भए उनी रिसले आगो हुन्थे होलान्। तर डेलसँग त्यो विकल्प थिएन।  

यसलाई संयोग मात्रै पनि मान्न सकिन्थ्यो। तर यस्तै मौका १८औं ओभरमा फेरि आयो। यस पटक बलर थिए नवदीप सैनी। कोहलीले फेरि उही गल्ती दोहोर्याए। उनले बल समात्न सकेनन्। अर्को क्याच छुटाए। केएल राहुलले दुई पटक जीवनदान पाए। त्यतिबेलासम्म राहुलले आफ्नो टीमका लागि बलियो स्कोर बनाइसकेका थिए। राहुलले १४ चौका र सात छक्कासहित ६९ बलमा १३२ रन बनाए। जसको मद्दतमा उनको टीमले २०६ रनको स्कोर बनायो।  

आफू पनि चलेनन्

रोयल च्यालेन्जर्सका समर्थकको एउटा चाहना थियो, क्याच छोडे पनि अब ब्याटिङबाट त्यसको जवाफ दिउन्। तर त्यो पनि पूरा हुन सकेन। पाँच बल खेलेका कोहली एक रन बनाएर आउट भए।  

एक फिल्डरका रुपमा दुई वटा क्याच छोडेका कप्तानले ब्याटिङमा पनि  एक रन बनाएर आउट हुँदा रोयल च्यालेन्जर्सका समर्थकलाई कस्तो रिस उठ्यो होला अनुमान लगाउन सकिन्छ।  

खेलपछि कप्तान कोहलीले भने, ‘मलाई लाग्छ बीचमा हामी राम्रो खेलिरहेका थियौं। यदि हामीले उनीहरुलाई १८० रनसम्म पनि रोक्न सकेको भए हामी दबावमा आउने थिएनौं। यस्ता कुरालाई हामीले स्वीकार गर्नुपर्छ। हामी कहिले राम्रो खेल्छौं। कहिले नराम्रो। तर समय छ यी सानासाना गल्तीबाट सिक्दै अगाडि बढ्नुपर्छ।’

दुबईमा बिहीवार भएको खेलमा किंग्स इलेभेन पन्जाबले रोयल च्यालेन्जर्स बैंलोरलाई ९७ रनले हरायो। किंग्स इलेभेन पन्जाबले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा रोयल च्यालेन्जर्स बैंलोर १७ ओभरमा १०९ रनमै सीमित भयो।

यो खेलपछि दुबै टीम अंक तालिकामा दुई—दुई प्वाइन्टसहित बराबरीमा छन्। किंग्स इलाभेन पन्जाबको अर्को खेल २७ सेप्टेम्बरमा राजस्थान रोयल्ससँग हुनेछ। बीबीसी हिन्दीबाट

प्रकाशित: ९ आश्विन २०७७ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App