coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एएफसीद्वारा निर्णयको बचाउ

(एएफपी)– एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार उपाधि दाबेदार साउदी अरेबियाको टोली अल हिलाललाई एएफसी च्याम्पिन्स लिगमा प्रतिस्पर्धा गर्नबाट  रोक लगाउने आफ्नो निर्णयको बचाउ गरेको छ। एएफसीले मैदानमा नियमअनुसार नाम उपलब्ध नगराएको भन्दै अल हिलाललाई खेल्न नदिने निर्णय गरेको थियो।

एएफसी नियमअनुसार क्लबले गोलकिपरसहित कम्तीमा १४ खेलाडीको नाम उपलब्ध गराउनुपर्नेमा अल हिलालले ११ खेलाडीको मात्र नाम बुझाएको थियो। अल हिलालले भने आफ्ना अधिकांश खेलाडीमा कोरोना संक्रमण देखिएकाले मात्र ११ खेलाडीको नाम उपलब्ध गराएको तर एएफसीले यसमा लचकचता नदेखाएको आरोप लगाएको छ। यससँगै ३० खेलाडी र केही पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएको अल हिलालले बुधबारका लागि तय युएईको सहाब अल ऐलीविरुद्धको खेल खेल्न पाएको थिएन।

कोरोना महामारीका कारण ६ महिनापछि सुरु भएको एफसीको प्रतियोगिताका लागि यसअघि अल हिलालले गत साता नै खेलाडीको नाम उपलब्ध गराएको थियो। नाम उपलब्ध गराइएका अधिकांश खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि भने क्लब संकटमा परेको थियो।

कतारमा जारी समूह चरणको खेलमा अहिले पश्चिम एसियाली राष्ट्रका क्लबहरूको खेल भइरहेको छ। एएफसीले प्रतियोगिताका लागि स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गरेको बताएको छ।  

‘प्रतियोगितामा सहभागी खेलाडी र खेल पदाधिकारीको नियमित कोरोना परीक्षण भइरहेको छ,’ एएफसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘अल हिलालले खेल हुने दिन मैदानमा खेलाडीलाई उपस्थित गराउन सकेन। त्यसैले अल हिलाललाई खेलबाट बर्खास्त गरिएको हो। खेलअघि क्लबले एएफसीसमक्ष कुनै समन्वय गरेन।’

एएफसी ६ महिना रोकिएपछि सुरु भएको प्रतियोगिता छिटोभन्दा छिटो समापन गर्ने लक्ष्यमा छ। अल हिलालले पनि प्रतियोगिताबाट आफूहरूलाई बाहिर पठाउनुभन्दा पनि अन्य विकल्पका बारेमा सोच्न एएफसीलाई पटकपटक आग्रह गरे पनि आफ्नो आवाज नसुनेको आरोप लगाएको छ।

प्रकाशित: ९ आश्विन २०७७ ०१:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App