१६ चैत्र २०८० शुक्रबार
खेल

युनाइटेडको सहज जित

म्यानचेस्टर युनाइटेड मंगलबार च्याम्पियनसिप टोली लुटन टाउनमाथि ३–० को जित हात पार्दैै इङ्लिस लिग कपको चौथो चरणमा प्रवेश गरेको दिन वेस्ट ह्यामको भने प्रशिक्षक डेविड मोइस र अन्य दुई खेलाडीमा खेलअघि कोरोना संक्रमण पुष्टि भएपछि हल सिटीमाथि हात पारेको ५–१ को प्रभावशाली जित छायामा परेको छ।  

मोइससहित जस कुलेन र एसा डोइपले खेलअघि कोरोना पुष्टि भएपछि लन्डन स्टेडियम छोडेका थिए। तीनै जना अहिले सेल्फ आइसोलेसनमा बसेको र तीनै जनाको स्वास्थ्य स्थिति सामान्य रहेको क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यता, चौथो श्रेणीको टोली लेटन ओरियन्टका खेलाडीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि इङ्लिस लिग कपअन्तर्गत टोटेनह्याम र लेटन ओरियन्टबीचको खेल पनि पछि सरेको छ।  

मुख्य प्रशिक्षकसहित अन्य दुई खेलाडीमा खेल सुरु हुन केही समय अघि मात्र कोेरोना संक्रमण पुष्टि भएसँगै सहायक प्रशिक्षक एलान इर्भिनले वेस्ट ह्यामको प्रशिक्षण सम्हालेका थिए। ‘खेलअघि हामीले अचानक हाम्रा चिकित्सकबाट प्रशिक्षक र खेलाडी गरी तीन जनामा कोरोना संक्रमण भएको खबर पायौं,’ इर्भिनले भने, ‘टोलीमा यसअघि पनि धेरै पटक कोरोना परीक्षण भएकोमा सबैको नतिजा नेगेटिभ आएको थियो। हामीले स्वास्थ्य मापदण्ड पनि पालना गर्दै आएका थियौं। यो खबरले हामी चकित भएका छौं।’

वेस्ट ह्यामका मुख्य प्रशिक्षकसहित दुई खेलाडीमा खेल सुरु हुनु केही  समय अघि मात्र कोेरोना संक्रमण पुष्टि भएपछि सहायक प्रशिक्षक  एलान इर्भिनले प्रशिक्षण सम्हालेका थिए। प्रशिक्षक डेविड मोइस र दुई खेलाडी जस कुलेन र एसा डोइपमा कोरोना संक्रमण पुष्टि भएपछि वेस्ट ह्यामले हल सिटीमाथि हात पारेको ५–१ को प्रभावशाली जित छायामा परेको प-यो।  

मंगलबार मात्र इङ्ल्यान्डका प्रधानमन्त्री बोरिस जोन्सनले अक्टोबरबाट दर्शकलाई मैदानमा फर्काउने प्रस्ताव अस्वीकार गरेका थिए। यसअघि अक्टोबर १ बाट इङ्ल्यान्डमा प्रिमियर लिग र क्रिकेटमा दर्शकलाई मैदान प्रवेशको अनुमति दिइने तयारी गरे पनि पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकार सो योजनाबाट पछि हटेको हो। यता, केलिनओर्थ रोडमा लुटनमाथिको जितपछि युनाइटेडले शनिबार प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग भोगेको ३–१ को हारको पीडामा मलम लगाएको छ।

युनाइटेडले सन् १९९२ पछि पहिलोपटक लुटनको सामना गरेको हो। क्रिस्टल प्यालेसविरुद्ध उतारेको टोलीमा मंगलबार युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले लुटनविरुद्ध १० खेलाडी परिवर्तन गरेका थिए। जहाँ, उनले गोलकिपर डिन हेन्डरसनलाई पनि डेब्यु गराएका थिए। ४४औं मिनेटमा हुँवा माटाले पेनाल्टीको सदुपयोग गर्दा युनाइटेडले अग्रता लिएको थियो। लुटनका जर्ज मोन्करले ब्रान्डन विलियम्सलाई लडाइपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो। ८८औं मिनेटमा मार्कुस रसफोर्डले युनाइटेडको अग्रता दोब्बर पारेका थिए।

इन्जुरी समयको दोस्रो मिनेटमा मेसन ग्रिनउडले गोल गर्दै युनाइटेडको अग्रता ३–० मा पु¥याएका थिए। ‘जितको लय भेट्टाउनु निकै महत्वपूर्ण हो। गोलकिपरले पनि उत्कृष्ट प्रदर्शन गर्नु सकारात्मक पक्ष हो। हामीले पाएको गोलको अवसरलाई खेर जान दिएनाैं,’ सोल्सजायरले भने।

प्रकाशित: ८ आश्विन २०७७ ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App