coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फिन्चद्वारा पडिक्कलको प्रशंसा

अस्ट्रेलियाका कप्तान आरोन फिन्चले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार अर्धशतक प्रहार गरेका रोयल च्यालेन्जर बेंगलौरका प्रतिभावान् युवा क्रिकेटर देवदत्त पडिक्कलको प्रशंसा गरेका छन्।

सनराइजर्स हैदरबादलाई १० रनले हराउँदा बैंगलोरका लागि अर्धशतकीय योगदान गरेका बायाँहाते युवा क्रिकेटर पडिक्कललाई फिन्चले प्रशंसा गरेका हुन्। ओपनिङ ब्याटिङमा आएका २० वर्षे पडिक्कलले ४२ बलमा ५६ रन बनाउँदै बेंगलौरलाई राम्रो सुरुआत दिलाएका थिए। निकै अनुभवी ब्याट्सम्यान पार्थिव पटेलको स्थानमा ओपनिङ ब्याटिङको महŒवपूर्ण जिम्मेवारी पाएका पडिक्कलले त्यसको सदुपयोग गरे। उनकै महŒवपूर्ण योगदानमा बेंगलौरले डेविड वार्नरको कप्तानीमा रहेको हैदराबादसामु १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।  

तर, जबाफमा हैदराबादले १ सय ५३ रन मात्र बनाएपछि बेंगलोरले सिजनको सुखद सुरुआत ग¥यो। पछिल्ला समय उत्कृष्ट लयमा रहेका ओपनर फिन्च पनि पडिक्कलको छायामा परेका थिए। आफ्ना ओपनिङ साझेदार फिन्चका अगाडि पडिक्कलले निकै बलियो आत्मविश्वास र आफ्नै स्वाभावको खेल प्रस्तुत गरेका थिए। ‘देव निकै प्रतिभाशाली युवा खेलाडी हुन्,’ फिन्चले भने, ‘उनले केही वर्षयता यु–१९  क्रिकेट र अन्य घरेलु प्रतिस्पर्धामा पनि आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन्। उनीमा साँच्चै राम्रो क्षमता रहेछ, उनले कति बिध्वंस ब्याटिङ गर्न सक्छन् भन्ने देखाइदिएका छन्। त्यसैले उनीसँग ओपनिङ साझेदारी गर्न मन पराउँछु।’  

अस्ट्रेलियाका ह्वाइट क्रिकेट कप्तान फिन्चले पडिक्कललाई रोमाञ्चक युवा खेलाडीको रूपमा तारिफ गरेका छन्। ‘उनी निकै रोमाञ्चक युवा क्रिकेटर हुन्। उनलाई मेरो सल्लाह आफ्नै स्वाभाविक लयमै खेल,’ फिन्चले सल्लाह दिए। दक्षिण अफ्रिकाका भेट्रान क्रिकेटर एबी डी भिलियर्सले पनि ३० बलमा ५१ रनको योगदान गर्दा बेंगलौरलाई पहिलो उपाधि दिलाउने यात्रामा राम्रो आधार प्रस्तुत गरेका थिए। भिलियर्सले पनि पडिक्कलबाट आफू निकै प्रभावित भएको प्रतिक्रिया दिँदा ५१ दिने प्रतियोगितामा युवा प्रतिभावान् खेलाडीहरू निक्लने सम्भावना व्यक्त गरे।

‘पडिक्कल लजालु र शान्त स्वभावका छन्। उनीबारे धेरै जानकार त छैन, तर यति भन्न सक्छु कि उनमा धेरै क्षमता छ,’ भिलियर्सले भनेका छन्। सन् २०१६ को आइपिएल विजेता वार्नरको टोलीले पहिले फिल्डिङ गर्ने निर्णय गर्दा भारतीय यु–१९ का पूर्वस्टार प्रियम गर्ग र अलराउन्डर अभिषेक शर्माका साथ उत्रिएको थियो। अभिषेक सात रनमा रनआउट हुँदा प्रियम पनि १२ रनमा क्लिन बोल्ड भए। वार्नरले उनीहरूलाई आफ्नो स्वाभाविक खेल खेल्न सुझाव दिएका छन्। ‘भारतीय क्रिकेटका लागि यस समय निकै राम्रो भइरहेको छ र लगातार राम्रा युवा क्रिकेटर देखा परेका छन्,’ वार्नरले भने।  

यता, बेंगलौरका पडिक्कलले आफ्नो खेलको श्रेय कप्तान विराट कोहलीलाई दिए। ‘मैले नै ओपनिङ गर्ने कुरा सुनेपछि सुरुआतमा निकै डर लाग्यो। तर, क्रिजमा आएर तीन बल खेलेपछि मात्र आत्मविश्वास बढ्यो,’ पडिक्कलले भने। सन् २०१७ को कर्नाटक प्रिमियर लिगमा ५३ बलमा ७३ रन बनाएपछि पडिक्कल चर्चामा आएका थिए। सन् २०१८ मा बवहार ट्रफीमा ८ सय २९ रन बनाएपछि सन् २०१९ को आइपिएलमा बेंगलोरले उनलाई टोलीमा राखेको थियो। तर, त्यस सिजन एक खेलमा पनि अवसर पाएनन्। यस पटक सिजनको पहिलो खेलमै अवसर पाएका उनले त्यसको सदुपयोग गरेका छन्।  

ओपनिङ ब्याटिङमा आएका २० वर्षे पडिक्कलले ४२ बलमा ५६ रन बनाउँदै बेंगलौरलाई राम्रो सुरुआत दिलाएका थिए। निकै अनुभवी ब्याट्सम्यान पार्थिव पटेलको स्थानमा ओपनिङ ब्याटिङको महŒवपूर्ण जिम्मेवारी पाएका पडिक्कलले त्यसको सदुपयोग गरे।

प्रकाशित: ७ आश्विन २०७७ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App