१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सिटीको सुखद सुरुआत

उल्भ्सविरुद्ध बल अगाडि बढाउँदै म्यानचेस्टर सिटीका केभिन डी ब्रुयना (बीच) तस्बिर: एपी

पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले सोमबार उल्भ्सविरुद्ध ३–१ को जित निकाल्दा  उत्कृष्ट खेल प्रदर्शन गरेका फिल फोडेलाई प्रशंसाका शब्द खर्चिए।  

नयाँ सिजनमा ढिला सुरुआत गरेको सिटीले पहिलो खेलमा जित निकाल्दै लिग यात्रा सुखद बनाएको छ।  च्याम्पियन्स लिगमा सहभागी भएको सिटीले अघिल्लो सिजन लिभरपुलभन्दा एक स्थान तल १८ अंकले पछि रहँदै उपाधि सुम्पिएको थियो। नयाँ सिजनमा सुखद सुरुआत गर्न सिटीले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल थप्दा एक गोल खान पुग्यो।  

उल्भ्सको घरेलु मैदानमा भ्रमणकारी टोली म्यानचेस्टर सिटीले पेनाल्टीबाट अग्रता लिएको थियो। केभिन डी ब्रुयनाले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यसपछि ३२ मिनेटमा फिल फोडेले गोल गर्दा सिटीले अग्रता दोब्बर पारेको थियो। पहिलो हाफमा पछि परेपछि दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको उल्भ्सले ७८औं मिनेटमा गोल गर्दै अग्रता घटाउन प्रयास गरेको थियो। राउल जिम्निजले गोल गर्दै सिटीको अग्रता २–१ मा झारेका थिए। खेलमा फर्किन संघर्षरत उल्भ्स काउन्टरमा अगाडि बढेको मौकामा सिटीले अन्तर फराकिलो बनायो।  ९० मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीको जित निश्चित गरे।  

नयाँ सिजनमा ढिला सुरुआत गरेको सिटीले पहिलो खेलमा जित निकाल्दै लिग यात्रा सुखद बनाएको छ।  

‘पहिलो हाफमा गोल गरेका फोडेले दोस्रो हाफमा पनि उत्कृष्ट खेल प्रदर्शन गरे,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘उनकै उत्कृष्ट खेलको मद्दतमा हामीले अधिकांश समय बलमा पकड जमाउन सक्यौं।’

सोमबार पहिलो खेलमा जित निकालेको सिटीले यसअघि प्रिमियर लिगमा एस्टन भिल्लाले सुरुआती १० खेलमा निकालेको जितसँग बराबरी बनाएको छ। जितपछि प्रशिक्षक ग्वार्डिओलाले टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए।  

‘मैदानमा खेलाडीले राम्रो प्रदर्शन गरे। म मैदानको कठिनाइ बुझ्छु,’ प्रशिक्षक ग्वार्डिओलाले भने, ‘कुनै समय लयमा फर्किन निकै समय लाग्छ।’

सोमबारसम्म साबिक च्याम्पियन लिभरपुल चौथो स्थानमा अटाउँदा लेस्टर सिटी शीर्ष स्थानमा छ।  दोस्रो स्थानमा एभर्टन छ भने आर्सनल तेस्रो र क्रिस्टल प्यालेस पाँचाैं स्थानमा छन्। यी सबैले सुरुआती दुई खेलमा स्पष्ट नतिजा निकालेका छन्। 

प्रकाशित: ७ आश्विन २०७७ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App