coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

चेल्सीलाई गोलकिपर संकट

लिभरपुलका साडियो मानेमाथि फउल गर्दै चेल्सी आन्द्रियास क्रियटेनसेन (निलो) तस्बिर: एपी

स्टाम्फोर्ड ब्रिजमा इङ्लिस प्रिमियर लिगअन्तर्गत विजेता लिभरपुल र घरेलु टोली चेल्सी आमने सामने हुँदा यी दुई टोलीबीच देखिएको एक मात्र भिन्नता थियो, विश्वका दुई महँगा गोलकिपरबीचको भाग्य।

एलिसन बेकर सन् २०१८ मा एएस रोमाबाट विश्वकै महँगो गोलकिपर बन्दै ६ करोड ७० लाख पाउन्डमा लिभरपुल भित्रिएका थिए। त्यसको तीन साता नबित्दै चेल्सीले किपा एरिजाबालगालाई एथलेटिक बिलबाओबाट एलिसनको कीर्तिमान तोड्दै ७ करोड २० लाख पाउन्डमा अनुबन्धित गरेको थियो।

यसबीच दुई वर्ष बितिसकेको छ। एलिसन र एरिजाबालगालाई टोलीले महत्व दिएकोमा कुनै दुबिधा छैन। यस सिजन खेलाडी अनुबन्धनमा उल्लेख्य खर्च गरेको चेल्सी ‘गोलकिपर संकट’ सम्बोधन गर्नका लागि रेनेसबाट एडवार्ड मेन्डीलाई भिœयाउने अन्तिम तयारीमा रहेको छ।  

किपा एरिजाबालगाले गरेको गम्भीर गल्तीमा लिभरपुलका साडियो मानेले टोलीका लागि उपहारस्वरूप दोस्रो गोल पूरा गरेका थिए। ५१औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका मानेले एरिजाबालगाको गल्तीको फाइदा उठाउँदै त्यसको ४ मिनेटपछि टोलीको अग्रता दोब्बर पारेका थिए।

चेल्सीका गोलकिपर किपा एरिजाबालगाले गरेको गम्भीर गल्तीमा लिभरपुलका साडियो मानेले टोलीका लागि उपहारस्वरूप दोस्रो गोल पूरा गरेका थिए।  

सिजन सुरु हुनुअघि प्रिमियर लिग उपाधि दाबेदार भन्दै खेलाडी अनुबन्धनमा २० करोड पाउन्ड खर्चिएको चेल्सीमाथि गोलकिपरको समस्याले उपाधि दाबेदारीमा प्रश्न उठेको छ।  

चेल्सीले सिजनको दुई खेल मात्र खेलेको छ। चेल्सीमा एरिजाबालगाले निरन्तर स्थान पाउनेमा भने दुबिधा चुलिएको छ। गत सोमबार पहिलो खेलमा ब्राइटनमाथि ३–१ को जित हात पारेको खेलमा पनि चेल्सीले उनकै गल्तीमा गोल खाएको थियो।  

‘किपा एरिजाबालगा हाम्रा खेलाडी हुन र हामीले खेलेका पछिल्ला दुवै खेलमा उनले गल्ती गरेका छन्, त्यसमा कुनै दुबिधा छैन,’ लाम्पार्डले भने, ‘ब्राइटनविरुद्धको खेलमा पनि उनले गल्ती गरेका थिए। आजको खेलमा पनि उनले पुनः गल्ती दोहो¥याए। उनकै गल्ती हाम्रा लागि महँगो साबित भयो। किपाले अझै मिहेनत गर्नुपर्छ। हामी उनको साथमै छांै। उनले पनि आफ्नो गल्तीबाट पाठ सिक्न आवश्यक छ।’

गत सिजन पनि लाम्पार्डले दुई पटक किपाको स्थानमा ३८ वर्षे गोलकिपर विल्ली काबालेरोलाई खेलाएका थिए।

४५औं मिनेटमा आन्द्रियास क्रिसटेनसेन रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरएपछि चेल्सीले १० खेलाडीमा सीमित हँुदै खेलको अन्त्य गरेको थियो। ७५औं मिनेटमा जर्जिन्होको पेनाल्टी प्रहार एलिसनले रोक्दा घरेलु टोलीले गोलअन्तर कम गर्ने अवसर समेत गुमाएको थियो।

यद्यपि लिभरपुलका प्रशिक्षक योर्गान क्लोप पनि गोलकिपरको समस्याबाट मुक्त भएको धेरै समय बितेको छैन।

लिभरपुलले २०१७–१८ सिजन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्नुका साथै प्रिमियर लिगमा समेत चौथो स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो। तर फाइनलमा रियाल मड्रिडविरुद्ध गोलकिपर लोरिस क्रायुसको गम्भीर दुई गल्तीमा लिभरपुल अन्ततः ३–१ ले निराश बनेको थियो। त्यसपछि भने क्लोप उपाधि खडेरी तोड्न गोलकिपरको खोजीमा लागेका थिए।

त्यसको ६ सातापछि नै एलिसन एन्फिल्ड भित्रिए। पछिल्लो दुई सिजनमा लिभरपुलले च्याम्पियन्स लिगका साथै प्रिमियर लिगको समेत उपाधि जितेको छ। यी दुवै उपाधि जित्दा टोलीमा एलिसनको प्रदर्शन निकै लोभलाग्दो छ।  

‘२–० को अग्रता लिए पनि हामीले अझै धेरै गोलको अवसर पाउँदा त्यसको सदुपयोग भने गर्न सकेनांै,’ क्लोपले भने, ‘चेल्सीले पेनाल्टीको सदुपयोग गरेको भए खेलको नतिजा जे पनि आउन सक्थ्यो,तर एलिसनले त्यसलाई बचाए। आज समग्र टोलीले नै उत्कृष्ट प्रदर्शन ग-यो।’

चेल्सीले यस सिजन टिमो वेर्नेर, हाकिम जेइज, काइ हार्भाटेज र बेन चिलवेलजस्ता खेलाडी अनुबन्धनमा उल्लेख्य खर्च गरेको छ। यद्यपि लाम्पार्डको टोलीको उपाधि दाबेदारिता भने स्पाम्फोर्डब्रिजमा अब भित्रने गोलकिपरको प्रदर्शनले धेरै हदसम्म निर्धारण गर्नेछ।  

प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा जित यात्रा कायम राख्ने क्रममा लेस्टर सिटीले बर्नलीलाई ४–२ ले निराश पा-यो।

प्रकाशित: ६ आश्विन २०७७ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App