coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नाडाल सजग

 (एएफपी)– रोम मास्टर्सको क्वार्टरफाइनलबाटै बाहिरिएका विश्व नम्बर २ राफाइल नाडालले फ्रेन्च ओपनको उपाधि रक्षाका लागि विगतका गल्ती नदोहो-उने र आफू  यसप्रति सजग भएको बताएका छन्।  

९ पटकका रोम विजेता नाडाल शनिबार अर्जेन्टिनाका डिएगो स्वार्चम्यानसँग ६–२, ७–५ ले निराश भएका थिए। यसअघिको ९ भेटमा नाडालले स्वार्चम्यानलाई हराउँदै आएका थिए।

नाडाल  १३औं फ्रेन्च ओपन तथा स्विस रोजर फेडेररको कीर्तिमानी २०औं ग्रान्ड स्लाम बराबरी गर्ने लक्ष्यमा छन्।

‘मेरा लागि यो वर्ष पृथक् रह्यो,’ नाडालले भने ,‘अब म केही सयम घरमै आराम गर्छु। मैले यहाँ आफूले गर्नुपर्ने जिम्मेवारी पूरा गरिसकें। मैले अन्तिमसम्म लडें। मैले धेरै सर्भिस घुमाउँदा नतिजा सुम्पिन प¥यो। यसबीच मैले केही कमजोरी सुधार गर्नुपर्नेछ। म त्यसमै केन्द्रित छु।’

नाडालले कोभिड १९ महामारीका कारण युएस ओपनमा भने सहभागिता जनाएका थिएनन्।

‘म धेरै लामो समय मैदानबाहिर रहें। प्रतियोगिताको पहिलो दुई खेलमा राम्रो प्रदर्शन गरें,’ नाडालले भने, आज मैले राम्रा प्रतिद्वन्द्वीसँग हारें। खेलमा मेरा केही कमीकमजोरी छन्। अब म त्यो सुधार्नमा केन्द्रित छु।’

प्रकाशित: ५ आश्विन २०७७ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App