६ वैशाख २०८१ बिहीबार
खेल

खेलाडीको भद्दा शरीर मजाक

(एएफपी)– अबुधाबीमा इन्डियन प्रिमियर लिगको उद्घाटन खेलमा मुम्बई इन्डियन र चेन्नई सुपर किङ्सका शीर्ष खेलाडीको भद्दा शरीर मजाकको विषय बनेको छ।  

कोरोना भाइरस महामारीका कारण विश्व खेलकुद नै बन्द भएपछि क्रिकेटरहरू ६ महिनापछि मैदान फर्किएका थिए। ट्वान्टी–२० को लोकप्रिय व्यावसायिक लिग पनि  महामारीका कारण प्रभावित भयो र भारतबाट आयोजनास्थल संयुक्त अरब इमिरेट्स (युएई) सारिएको थियो। पहिलो खेलमा चेन्नईले मुम्बईलाई पाँच विकेटले हराउँदै यादगार सिजनको सुखद सुरुआत गरेको थियो। १ सय ६३ रनको लक्ष्य चेन्नईले निर्धारित २०ओभर सकिन चार बल बाँकी छँदा नै पूरा ग-यो।  

१.६ ओभरमा दुई विकेट गुमाएको चेन्नईका लागि फाफ डु प्लेसिस र अम्बाती रायडुले १ सय १५ रनको साझेदारी गर्दै जित दिलाएका थिए। रायडु ७१ रनमा आउट हुँदा डु प्लेसिस ५८ रनमा अविजित रहँदै चेन्नईलाई जित दिलाएका थिए। महामारीका कारण क्रिकेट समर्थक पनि उक्त खेललाई टिभीमार्पmत हेर्न बाध्य भएका थिए। सोही खेलमा विश्व क्रिकेटकै स्टारको शरीरलाई लिएर निकै मजाक बनेको छ। मुम्बईका कप्तानसमेत रहेका ब्याट्सम्यान रोहित शर्मा, सौरभ तिवारी र चेन्नईका स्पिनर पीयूष चावला देखेर धेरै समर्थकले आश्चर्य व्यक्त गरेका थिए।  

‘लाग्दै छ, धोनी अब डब्लुडब्लुईका लागि तयार हुँदै छन्।’   

‘मैले कहिल्यै पनि गल्ली क्रिकेटभन्दा खेलेको छैन। तर, आज आइपिएलमा केही अनफिट खेलाडीको शरीर देखेर अचम्म लाग्यो,’ भारतीय हक्कीका पूर्वकप्तान वीरेन रस्किन्नाले ट्विटरमा उल्लेख गरेका छन्। ‘यो शरीरले कुन फिटनेस स्तरमा रहेर खेल प्रस्तुत गर्न सक्ला मेरो प्रश्न छ,’ उनले भनेका छन्। भेट्रान हर्ष भोग्लेले पनि आफूले आज ‘अस्वस्थ शरीर’लाई देखेको प्रतिक्रिया दिएका दिए। केही सामाजिक सन्जालका प्रयोगकर्ताले सर्वाधिक धनी आइपिलएललाई ‘इन्डियन पन्च लिग’ भन्दै मजाक गरेका छन्।

‘आज इन्डियन पन्च लिग (आइपिएल) मा केही ठूला र भद्दा शरीर देखिँदा भेट्रान सिरिज भइरहेको महसुस भयो,’ एक सामाजिक सन्जाल प्रयोगकर्ताले भनेका छन्। चेन्नईका कप्तान महेन्द्रसिंह धोनी पनि एक वर्षभन्दा बढी समय क्रिकेटबाट टाढा थिए, उनी भने बाइसेप्स शरीरका साथ मैदानमा उत्रिएका थिए। भेट्रान विकेटकिपर धोनीले गत महिना मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए। सन् २०१९ को विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्धको खेलपछि धोनीले क्रिकेट खेलेका थिएनन्। एक क्रिकेट समर्थकले धोनीमाथि मजाक गर्दै भनेका छन्, ‘लाग्दै छ, धोनी अब डब्लुडब्लुईका लागि तयार हुँदै छन्।’ 

प्रकाशित: ५ आश्विन २०७७ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App