८ वैशाख २०८१ शनिबार
खेल

ग्रेलिस भिल्लामै

इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका कप्तान ज्याक ग्रेलिसले क्लबसँग ५ वर्षको नयाँ सम्झौता गरेका छन् । २५ वर्षे इङ्ल्यान्डका प्लेमेकर ग्रेलिसले यस सिजन पार्क भिल्ला छोड्न लागेको खबर सार्वजनिक भएको थियो । तर क्लबले सामाजिक सन्जालमार्फत ‘उनी एस्टन भिल्लामै बस्छन्’ भन्ने उल्लेख गरेको छ ।

आठ वर्षको उमेरदेखि आफ्नो घरेलु टोली एस्टन भिल्लामा रहेका ग्रेलिसले सन् २०१३–१४ को सिजनमा क्लबबाट डेब्यु गरेका थिए । ‘यो मेरो क्लब हो, मेरो घर हो र म यहाँ धेरै खुसी छु,’ ग्रेलिसले भने । अट्याकिङ मिडफिल्डर ग्रेलिसले गत साता युइएफए नेसन्स कपमा डेनमार्कविरुद्धको खेलसँगै इङ्ल्यान्ड राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले क्लबसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका हुन् । भिल्लाले गत सिजन प्रिमियर लिग हैसियत बचाउँदा उनले प्रभावशाली प्रदर्शन गरेका थिए ।

प्रकाशित: ३१ भाद्र २०७७ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App