coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लिड्सलाई एक गल्ती भारी

लिड्सविरुद्ध बल नियन्त्रण गर्दै लिभरपुलका मोहम्मद सालाह तस्बिर: एपी

लिड्स युनाइटेडले शनिबार ५ हजार ९ सय ६४ दिनपछि इङ्लिस प्रिमियर लिगमा पुनरागमन ग-यो। तर खेलको अन्तिम दुई मिनेट बाँकी रहँदा यसै सिजन भ्यालेन्सियाबाट कीर्तिमानी ३० मिलियन पाउन्डमा क्लब भित्रिएका रोड्रिगोले गरेको गल्तीमा लिड्स साबिक विजेता लिभरपुलविरुद्ध एन्फिल्डमा अंक खोस्न असफल बन्यो।

‘यो स्तरको खेलमा गरेको एक गल्ती एक गोल बराबरजस्तै हो,’ निराश देखिएका लिड्सका प्रशिक्षक मार्सेलो बिइल्साको प्रतिक्रिया थियो। मोहम्मद सालाहले यस सिजनको उद्घाटनका दिन ह्याट्कि पूरा गरेसँगै प्रिमियर लिग च्याम्पियन र च्याम्पियनसिप विजेताबीचको भिडन्तमा  लिभरपुलले लिड्समाथि ४–३ ले बाजी मारेको हो।

योर्गान क्लोपको टोलीमा रक्षापंक्तिमा देखिएको समस्या उजागर गर्र्र्दै खेलमा तीन पटक पछि परे पनि लिड्सले तीनै पटक खेल बराबरीमा ल्याएको थियो। सालाहले लिभरपुलका लागि लगातार ४ सिजन पहिलो खेलमा गोल खाता खोलेका छन्। सन् १९८८–८९ को सिजनमा जोन एल्ड्रिजपछि सिजनको पहिलो खेलमा ह्याट्रिक गर्ने उनी लिभरपुलका पहिला खेलाडी हुन्।

मोहम्मद सालाहले यस सिजनको उद्घाटनका दिन ह्याट्कि पूरा गरेसँगै प्रिमियर लिग च्याम्पियन र च्याम्पियनसिप विजेताबीचको भिडन्तमा  लिभरपुलले लिड्समाथि ४–३ ले बाजी मारेको हो।

खेलको चौथो मिनेटमा पेनाल्टीमार्फत गोल खाता खोलेका सालाहले ८८आंै मिनेटमा पनि पेनाल्टीको सदुपयोग गर्र्र्दै ह्याट्रिक पूरा गरेका थिए।

‘लिड्सले उत्कृष्ट प्रदर्शन ग¥यो,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, ‘उनीहरूले हामीलाई धेरै समस्यामा पारे। हामीलाई स्वाभाविक प्रदर्शन गर्न निकै कठिन भयो। विपक्षी टोलीलाई कमजोर ठान्ने हो भने त्यो सधैं गम्भीर भूल हुने गर्छ। आज टोलीले खेलको अन्तिम मिनेटसम्म त्यो गल्ती गरेन। हामीले स्वाभाविक प्रदर्शन गरि नेै रह्यौं।’

लिभरपुलले चौथो मिनेटमा सालाहको पेनाल्टी गोलमा अग्रता लिएको थियो। तर त्यसको ८ मिनेटपछि नै लिड्स खेलमा फर्कियो। ज्याक ह्यारिसनले लिड्सलाई खेलमा फर्काएका थिए। २०औं मिनेटमा भर्जिल भान डी जिकले घरेलु टोलीलाई पुनः अग्रता दिलाए। त्यसको १० मिनेटपछि नै प्याट्रिक बामफोर्डले बललाई पोस्टको दिशा दिँदै पुन लिड्सलाई खेलमा फर्काए।

३३औं मिनेटमा सालाहले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै लिभरपुललाई ३–२ को अग्रता दिलाएका थिए। ६६औं मिनेटमा म्याट्युज क्लिचले बललाई जाली चुमाएसँगै लिड्स तेस्रो पटक खेलमा फर्किएको थियो। तर खेलको अन्तिम २ मिनेट बाँकी रहँदा रोड्रिगोले गरेको गल्तीमा साबिक विजेता लिभरपुललाई उसेैको घरेलु मैदान एन्फिल्डमा बराबरीमा रोक्दै अंक खोस्ने लिड्सको योजना विफल भएको थियो। रोड्रिगोले फाबिनोलाई पेनाल्टी बक्समा लडाएपछि लिभरपुलले पेनाल्टी अवसर पाएको थियो। त्यसको सदुपयोग गर्दै सालाहले ह्याट्रिक पूरा गर्दा लिभरपुल ४–३ ले विजयी भएको हो।

‘खेलमा तीन पटक पछि परे पनि हामी तीनै पटक खेलमा फर्किन सफल भयौं, यो सकारात्मक पक्ष हो,’ बिइल्साले भने, ‘तर हामीले गोलको अझ धेरै अवसर सिर्जना गरेको भए खेलको नतिजा जे पनि हुन सक्थ्यो। हामीले ४ गोल खायांै तर ती सबै गोल आफ्नै गल्तीले खायौं।’

प्रियिमर लिगअन्तर्गत शनिबार भएका अन्य खेलमा क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १–० ले निराश पा¥यो। खेलको १३औं मिनेटमा वेल्फर्ड जाहाले गरेको गोल प्यालेसको जितमाा पर्याप्त बन्यो।

त्यस्तै न्युक्यासल युनाइटेडले वेस्ट ह्यामलाई २–० ले हरायो। न्युक्यासलका लागि कालुम विल्सन र जेफ हेन्ड्रिकले समान एक गोल गरे।

प्रकाशित: २९ भाद्र २०७७ ००:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App