coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एएफसी कप रद्द

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) लाई कारण देखाउँदै एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार यसै वर्ष तय भएको एएफसी कप रद्द भएको घोषणा गरेको छ।  

यस्तै च्याम्पियन्स लिग पनि कठिन परिस्थितिले गर्दा केही समय धकेलिएको जनाएको छ। च्याम्पियनसिपका खेल आगामी सातादेखि कतारमा हुँदै छन्। जसअन्तर्गत पहिलो लेगका खेल डिसेम्बर १९ बाट हुँदै छन्। यसअघि डिसेम्बर ५ मा गर्ने तालिका रहेको  थियो।  

च्याम्पियनसिपका केही अफिसियलले प्रतियोगिता सञ्चालनका लागि आग्रह गरिरहेका छन्। पूर्वी क्षेत्रका खेल मध्य अगस्टका लागि तय भए पनि नोभेम्बरमा सारिएको छ। अब ती खेल नोभेम्बर १५ देखि डिसेम्बर १३ सम्म हुँदै छन्। यसअघि एएफसीले पश्चिमी क्षेत्रका खेल भने कतारमा यसै महिनामा आयोजना गर्ने जनाएको थियो। पूर्वी एसियाका समूह चरणका दुई खेल मलेसियामा हुने जनाइएको छ। यस्तै अन्य क्षेत्रको खेलस्थल भने तोकिएको छैन। स्थल केही दिनमा तेकिनेछ।  

यस्तै एएफसीले लामो समयदेखि रोकिएको एएफसी कप आगामी महिनादेखि पुनः सुचारु हुने विश्वास लिएको छ। बिहीबारको बैठकले चार आयोजक राष्ट्रमा सम्भावना रहेको बताएको हो। बिहीबार बसेको बैठकको लामो छलफलपछि नयाँ योजनाका लागि संकेत दिएको जनाइएको छ।  

‘सबैका लागि यो निकै कठिन घडी हो। फुटबल गतिविधि सञ्चालन गर्न सहज छैन,’ एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम खालिफाले भने, ‘छलफल सकारात्मक भएको छ।’

प्रकाशित: २६ भाद्र २०७७ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App