८ वैशाख २०८१ शनिबार
खेल

दुई इङ्लिस खेलाडीको अबुझपना

कोरोना भाइरसका लागि क्वारेन्टिन गाइड लाइन तोडेपछि इङ्ल्यान्ड फुटबल टोलीका दुई खेलाडीले नेसन्स लिगको यात्रा छोड्नुपर्ने भएको छ ।

आइसल्यान्डमा इङ्ल्यान्डका फिल फोडेन र मेसन ग्रिनवुडले क्वारेन्टिनको गाइड लाइन तोडेकाले उनीहरूले क्याम्प छोड्ने प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका हुन् । नेसन्स लिगमा शनिबार आइसल्यान्डमाथि १–० को जित निकालेपछि दुई खेलाडीले स्वास्थ्य सुरक्षा विधि तोडेको विषयलाई इङ्ल्यान्डको फुटबल एसोसिएसनले पनि छानबिन गरेको थियो । म्यानचेस्टर सिटीका २० वर्षे फोडेन र म्यानचेस्टर युनाइटेडका १८ वर्षे फरवार्ड ग्रिनवुडले सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक यसै यात्राबाट डेब्यु गरेका थिए ।

साउथगेटले त्यो जोडीको हर्कतलाई अबुझ र अनुभवविहीनबाट भएको गल्तीको संज्ञा दिएका छन् । उनीहरूले माफीसमेत मागी सकेको प्रशिक्षक साउथगेटले बताएका छन् । ‘ती दुई केटाले कोभिड–१९ को गाइड लाइन तोडेका हुन् र उनीहरूले सुरक्षित हुने अवस्थाभन्दा बाहिर गएका थिए,’ साउथगेटले सोमबार भने, ‘हामीले पनि उनीहरूसँग थप यात्रा नगर्ने तत्कालै निर्णय ग-यौं । दिएको गाइड लाइन हामी सबैले मान्नुपर्छ र उनीहरू हामीभन्दा छुट्टै इङ्ल्यान्डको यात्रा गर्नेछन् ।’ इङ्ल्यान्डले मंगलबार नेसन्स लिगमा डेनमार्कसँग खेल्दै छ । 

प्रकाशित: २३ भाद्र २०७७ ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App