८ वैशाख २०८१ शनिबार
खेल

पारस फिनिक्सको ब्रान्ड एम्बासडर

फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई आइतबार ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।  

नयाँ बानेश्वरको थापागाउँमा रहेको फिनिक्सले आइतबार पारसलाई दुई वर्षका लागि एमबिए कार्यक्रममा एम्बेसडर नियुक्त गरेको हो। फिनिक्स कलेज अफ म्यानेजमेन्टका डाइरेक्ट लक्ष्मण पोखरेल र पारसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। नेपालको व्यवस्थापन शिक्षाको क्षेत्रमा विगत ९ वर्षदेखि दक्ष तथा अनुभवी जनशक्ति उत्पादन गरिरहेको फिनिक्सबाट पारसले एमबिएसमेत गरिरहेका छन्। यही सेप्टेम्बरबाट सुरु एमबिएको नयाँ सत्रमा पारसले अध्ययन गरिरहेको फिनिक्सले जनाएको छ।  

पारसले खेलाडीका लागि औपचारिक र उच्च शिक्षा खेल करियरपछि धेरै आवश्यक रहेको बताउँदै आफूले एमबिए सुरु गरेको बताए।

प्रकाशित: २२ भाद्र २०७७ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App