१६ चैत्र २०८० शुक्रबार
खेल

एस्लेघ बार्टीको विम्बल्डन सपना

विश्व नम्बर एक एस्लेघ बार्टी यस वर्ष विम्बल्डन जित्ने सपना पूरा नभए पनि त्यो उचाल्न सदैव केन्द्रित हुनेछिन्। १५ वर्षको उमेरमै जुनियरतर्फको विम्बल्डन विजेता उनी अल इङ्ल्यान्ड क्लबमा सिनियरको ट्रफी पनि उचाल्न आतुर छिन्।

सन् २०११ मा जुनियरतर्फ उपाधि उचालेकी अस्ट्रेलियाकी बार्टीले सिनियरमा पनि सोही किसिमका सफलता दोहो-याउन आशा गरिए पनि पूरा हुन सकेको छैन। सन् २०१४ को युएस ओपनपछि उनले टेनिसबाट ‘ब्रेक’ लिने निर्णय लिइन्। जुनियर उपाधि जितेको तीन वर्षपछि नै उनले क्रिकेट खेल्नका लागि टेनिस छाड्ने निर्णय गरेकी थिइन्। ‘एक छोटो शब्दमा भन्नुपर्दा मैले लय समात्नुपर्छ,’ कोरोना भाइरसका कारण आगामी युएस ओपन नखेल्ने निर्णय गरेकी बार्टीले भनिन्। अस्ट्रेलियाको एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले ब्रिसबेन हिट क्रिकेट टिमबाट खेल्ने निर्णयबारे पनि प्रस्ट्याएकी छन्, ‘मलाई लाग्यो केही नयाँ गरौं।’  

‘जे गर्न चाहिरहेको छु र त्यो भन्न समय लगाइरहेको थिएँ। धेरै समयपछि मलाई भन्न मन लागेको छ कि, मेरो लक्ष्य र सपना विम्बल्डन जित्नु हो।’

‘तर त्यसबीच मैले करियरको सुरुआतमै धेरै कुरा पनि गुमाएँ,’ उनले भनिन्। क्रिकेटले उनलाई खेलका बारेमा फरक दृष्टिकोण दिए पनि टेनिसको आकर्षणले धेरै टाढा पु-याएन र विम्बल्डनमा फेरि जितको स्वाद लिने महत्वकांक्षाले उनलाई टेनिसमा प्रेरित ग-यो। ‘कुनै दुविधबिना भन्न सक्छु कि मेरो सपना भनेकै विम्बल्डनको उपाधि जित्नु हो,’ सन् २०१६ मा टेनिसमा फर्किएकी बार्टीले भनिन्, ‘जे गर्न चाहिरहेको छु र त्यो भन्न समय लगाइरहेको थिएँ। धेरै समयपछि मलाई भन्न मन लागेको छ कि, मेरो लक्ष्य र सपना विम्बल्डन जित्नु हो।’ उनले जुनियरतर्फको विम्बल्डन जित्न सफल हुनुलाई आफू विशेष खेलाडी महसुस भएको बताइन्।

‘जुनियरको विम्बल्डन जितेको क्षणलाई विशेष खेलाडीको रूपमा चित्रित गर्छ। अझ पनि त्यो सम्झना ताजै र जुन मलाई खुब मन पर्छ,’ उनले भनिन्। दोस्रो विश्व युद्धपछि पहिलो पटक विम्बल्डन रद्द हुँदा बार्टीले यस वर्ष खेल्न नपाउने भएकी हुन्। २४ वर्षे बार्टीले आफ्नो नाममा एउटा ग्रान्ड स्लाम सुरक्षित गर्दा गत वर्ष फ्रेन्च ओपनको उपाधि उचालेकी थिइन्। सोही उपाधिको मद्दतबाट बार्टी विश्व वरीयताको शीर्ष पुगेकी थिइन्, जहाँ उनी अहिले पनि छिन्। यद्यपि, पहिलो ग्रान्ड स्लाम जितेको क्षणलाई उनले त्यति सम्झनामा राखेकी छैनन्, जहाँ उनले फाइनलमा मार्केटा भोन्ड्रौसोभालाई सोझो सेटमा हराएकी थिइन्।  

उनले आफ्नो प्रदर्शनमा उतारचढाव आइरहेको स्वीकार गरेकी छन्, जहाँ उनले यस वर्षको ग्रान्ड स्लाम युएस ओपन नखेल्ने निर्णयसमेत गरेकी छिन्। आगामी अगस्ट ३१ देखि न्युयोकर्मा युएस ओपन हुने कार्यक्रम छ, तर महामारीका कारण यस प्रतियोगितामा सहभागी नहुनुलाई सामान्य रूपमा लिइएको छ। यस वर्षको युएस ओपनमा शीर्ष १० का किकी बार्टेन्स र इलिना भितोलिनाका साथै पुरुषतर्फ नाडालले खेल्ने छैनन्।

प्रकाशित: ३० श्रावण २०७७ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App