७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप छनोट खेल पुनः स्थगित

कतार विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत अक्टोबर र नोभेम्बर महिनाका लागि तय भएका खेल पुनः स्थगित भएको एसियाली फुटबल संघ (एएफसी) ले बुधबार जनाएको छ।  

एएफसीले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेल सन् २०२१ सम्मका लागि स्थगित गरिएको आफ्नो वेभसाइटमा जनाएको छ। एसियाली मुलुक र विश्वभर कोरोना फैलने क्रम तीव्र भएकाले महामारीलाई  कारण देखाउँदै एएफसीले अक्टोबर र नोभेम्बरका लागि तय गरेका छनोट खेल स्थगित भएको जारी सूचनामा उल्लेख छ। एएफसीले ती प्रतियोगिता २०२१ सम्मका लागि स्थगित गरेको जनाए पनि नयाँ मिति भने तोकेको छैन। सूचनामा कोरोना महामारीको परिस्थिति हेरेर नयाँ मिति तय गरिने एएफसीले जनाएको छ।

एएफसीले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेल सन् २०२१ सम्मका लागि स्थगित गरिएको आफ्नो वेभसाइटमा जनाएको छ।

बुधबार एपफसीले जारी गरेको विज्ञप्तिपछि एन्फाले अर्को सूचना जारी नहुन्जेलसम्म प्रशिक्षण नथालिने प्रवक्ता किरण राईले जानकारी दिए। यस्तै बढ्दो क्रममा रहेको महामारीलाई ध्यानमा राख्दै एन्फाले केन्द्रीय कार्यालय भदौ ३ गतेसम्म बन्द रहने सूचना जारी गरेको छ।  

कतारमा हुने विश्वकप २०२२ र २०२३ मा चीनमा हुने एसियन कप छनोट खेलअन्तर्गत नेपालले तीन होम खेल खेल्न बाँकी छ। असोज र कात्तिकमा नेपालले तीन घरेलु खेल खेल्ने तालिका थियो। यो निर्णयसँगै नेपालको खेल पनि स्थगित भएको छ। नेपालले असोज २२ गते चाइनिज ताइपेईसँग र ५ दिनपछि अस्ट्रेलियासँग खेल्ने तालिका थियो। यस्तै कात्तिक २७ गते जोर्डनसँग खेल्ने तयारी  थियो।

यही खेललाई भनेर नेपालले भदौ पहिलो साताबाट अभ्यास थाल्ने तयारी गरिरहेको थियो। त्यसका लागि ३४ खेलाडीको पिसिआर परीक्षणका लागि ललितपुरस्थित पाटन अस्पतालमा स्वाब संकलन गरिएको थियो। सोमबार परीक्षण गरिएका खेलाडीको रिपोर्ट नेगेटिभ आइसकेको छ भने मंगलबार परीक्षित खेलाडीको रिपोर्ट आउन बाँकी छ।

प्रकाशित: २९ श्रावण २०७७ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App