१६ चैत्र २०८० शुक्रबार
खेल

तीन पाकिस्तानीको पदक खोसियो

१३औं साग

नेपाली भूमिमा १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको नौ महिना बितिसक्दा पनि विभिन्न घटना अझै बाहिर अउँदै छन्।  

गत वर्ष मंसिरमा सम्पन्न १३औं सागमा पदकविजेता तीन पाकिस्तानी खेलाडीको डोपिङ टेस्ट पोजेटिभ आएपछि उनीहरूको पदक खोसिएको छ। एथ्लेटिक्सका तीन पाकिस्तानी खेलाडी डोपिङ परीक्षणमा असफल भएपछि पाकिस्तानको व्यक्तिगत विधातर्फका दुई स्वर्ण र टिम एभेन्टका एक कांस्य (रिलेका चार खेलाडी) सहित समग्रमा ६ पदक खोसिएको हो। दुई स्वर्ण विजेता मेहबुब अली (४०० मिटर हर्डल्स), मोहम्मद नैम (१ सय १० मिट हर्डल्स) तथा कांस्य विजेता समी उल्लाह (चार गुणा सय मिटर रिले) डोपिङ परीक्षणमा असफल भएका थिए।  

टिम इभेन्टतर्फको चार गुणा सय मिटर रिलेमा पाकिस्तानका समी उल्लाह, मोहम्मद साबा, उजैर रहमान र मोहम्मद नैमको टोलीले कांस्य पदक जितेका थिए। डोपिङ असफल या प्रतिबन्धित पदार्थ प्रयोग गरेको पुष्टि भएसँगै मेहबुब, नैम र उल्लाहमाथि चार वर्षको प्रतिबन्धसमेत लगाइएको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार एक विज्ञप्ति जारी गर्दै तीनै खेलाडीको डोपिङ पुष्टि भएको र उनीहरूमाथि सन् २०१९ डिसेम्बर तीनदेखि २०२३ डिसेम्बरसम्मका लागि प्रतिबन्ध लगाइएको जनाएको हो।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार एक विज्ञप्ति जारी गर्दै तीनै पाकिस्तानी खेलाडीको डोपिङ पुष्टि भएको र उनीहरूमाथि सन् २०१९ डिसेम्बर तीनदेखि २०२३ डिसेम्बरसम्मका लागि प्रतिबन्ध लगाइएको जनाएको छ।

यी तीनै खेलाडीको प्रतियोगिताकै दौराना टेस्ट लिइएको थियो। गत डिसेम्बर २६ तारिखमा पहिलो स्याम्पलको नतिजा पोजेटिभ आएको थियो। मेहबुब र मोहम्मदले दोस्रो स्याम्पल दिएको १३औं सागका एन्टी डोपिङका प्रमुख डा. सरोजकृष्ण श्रेष्ठले जानकारी दिए। गत जुन ११ ताखिरमा आएको दोस्रो स्याम्पलमा पनि पोजेटिभ नतिजा आएसँगै मेहबुब र मोहम्मद पनि कारबाही परेका हुन्। दोस्रो पटकको टेस्टका लागि एथ्लेटिक्स फेडेरेसन अफ पाकिस्तान (एएफपी) ले एक हजार आठ सय डलर खर्चिएको थियो।  

चार सय मिटर हर्डल्समा मेहबुबको पदक खोसिएसँगै भारतका जाबिर मदारी पाले स्वर्ण पाउँदा भारतकै सन्तोष कुमारले रजत र श्रीलंकाका आशंका इन्द्रजितले कांस्य पदक प्राप्त गर्नेछन्। पुरुष १ सय १० मिटर हर्डल्सका स्वर्णधारी नैमको पदक खोसिँदा भारतका सुरेन्दर जयकले स्वर्ण पाउनेछन्। श्रीलंकाका रोशन धामिकाले रजत र भारतकै मेमोन पौलोसले कांस्य पदक प्राप्त गर्नेछन्। पुरुष १ गुणा सय मिटर रिलेमा पाकिस्तानको पदक खोसिँदा चौथो स्थानको बंगलादेशले कांस्य पदक प्राप्त गर्नेछ।  

गत १३औं सागमा कुल ९२ खेलाडीको डोपिङ टेस्ट हुँदा पाकिस्तानका १० खेलाडीमा  टेस्ट गरिएको १३औं सागका एन्टी डोपिङका प्रमुख डा. सरोजकृष्ण श्रेष्ठले जानकारी दिए। विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)को नियमअनुसार सागमा सहभागी खेलाडीको प्रतियोगितामा स्वर्ण जितेलगत्तै डोपिङ टेस्ट गरिएको थियो।  

कतारको राजधानी दोहास्थित एन्टी डोपिङ ल्याबमा परीक्षण गराउँदा तीन जना पाकिस्तानी खेलाडीले शक्तिवर्धक औषधि  प्रयोग गरेको पुष्टि भएको हो। १३औं सागमा पाकिस्तान पदकतालिकाको चौथो स्थानमा रहँदा एथ्लेटिक्सतर्पm पाँच स्वर्ण, दुई रजत र ६ कांस्य जितेको थियो। समग्रमा भने पाकिस्तानले ३२ स्वर्ण, ४१ रजत र ५९ कांस्य प्राप्त गरेको थियो। 

प्रकाशित: २९ श्रावण २०७७ ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App