६ वैशाख २०८१ बिहीबार
खेल

विश्वकप छनौट खेल २०२१ सम्मका लागि स्थगित

कतार विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलहरु पुनः स्थगित भएका छन्। एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार  विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन २०२१ सम्मका लागि स्थगित गरिएको आफ्नो वेभसाइटमा जनाएको छ।

एसियाली मुलक र विश्व भर फैलिने क्रममा रहेको कोरोना भाईरसको महामारीलाई  कारण देखाउँदो एएफसीले अक्टोबर र नोभेम्बरमा तय गरेका छनोट खेलहरु स्थगित गरेको जारी सूचनामा उल्लेख गरेको छ। एएफसीले २०२१ सम्मका लागि स्थगित गरेको जनाए पनि नयाँ मिति भने तोकेको छैन्। कोरोनाको महामारीको परिस्थिति हेरेर तय गरिने एएफसीले सूचनामा जनाएको छ।

२०२२ कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कप छनोट खेल अन्तर्गत नेपालले तीन होम खेल खेल्न बाँकी रहेको छ। असोज र कार्तिकमा नेपालले तीन घरेलु खेल खेल्ने तालिका रहेको थियो। यो निर्णयसँगै नेपालको खेल पनि स्थगित भएको छ । नेपालले असोज २२ गते चाईनिज ताईपेइसँग र ५ दिनपछि अष्ट्रेलियाको सामना गर्ने तालिका रहेको थियो। यस्तै कार्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका सार्वजनिक भएको थियो।

यही खेललाई भनेर नेपालले भदौ पहिलो साताबाट अभ्यास थाल्ने तयारी गरिरहेको थियो। त्यसका लागि ३४ खेलाडीको सोमबार र मंगलबार सहभागि हुने खेलाडीको पिसिआर परिक्षणका लागि ललितपुर स्थित पाटन अस्पतालमा स्वाब संकलन गरिएको थियो।

 

प्रकाशित: २८ श्रावण २०७७ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App