coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फर्नान्डेजको गोलबाट युनाइटेड सेमिफाइनलमा

युरोपा लिग

एफसी कोपेनहेगनविरुद्ध गोल गरेपछि म्यानचेस्टर युनाइटेडका ब्रुनाे फर्नान्डेज(बिच) तस्बिर: एएफपी<br>

एफसी कोपेनहेगनविरुद्ध बु्रनो फर्नान्डेजले इन्जुरी समयमा पेनाल्टीबाट गरेको गोल निर्णायक बन्दा सोमबार म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

कोपेनहेगनविरुद्ध निर्णायक गोल गरेका  पोर्चुगलका मिडफिल्डर फर्नान्डेजले युनाइटेडबाट सिजनमा साताैं गोल पूरा गरेका छन्। संघर्षपूर्ण जित निकालेको युनाइटेडले सेमिफाइनलमा सेभिया र उल्भसको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। युरोपा लिगअन्तर्गत सोमबारै सम्पन्न अर्को खेलमा इन्टर मिलानले बायर लेभरकुसेनमाथि २–१ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको छ।  

‘यो सिजन मात्र हामी फरकफरक तीन प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेका छौं। सबैमा अन्तिम चारको ढोका खुलेको छ। आजको खेलमा पनि हामीले उत्कृष्ट खेल देखाएका थियौं। हाम्रो खेल अन्तिम चारमा पुग्ने स्तरको थियो,’ म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले भने, ‘उनीहरूको गोलकिपरले उत्कृष्ट खेल देखाए। किपरको प्रदर्शन तारिफयोग्य थियो। धेरै प्रयास हामीले पोस्टमा ग-यौं। भिडियो सहायक रेफ्री (भिएआर) पनि माग्यौं। संघर्षपूर्ण जित निकाल्न सफल भयौं।’

युरोपा लिगअन्तर्गत यसअघि सम्पन्न खेलमा दर्शकको उपस्थिति रहेको थियो। क्वार्टरफाइनलदेखि खेल बन्द रंगशालामा खेलाइएको छ। पाँच महिनादेखि फैलिएको कोरोना महामारीका कारण यी चार रंगशालालाई विशेष प्राथमिकता दिँदै उच्च सतर्कता अपनाइएको छ।  

प्रशिक्षक सोल्सजायरले फर्नान्डेज, पाउल पोग्बा, माकुर्स रसफोर्ड, मासन ग्रिनउड र एन्थोनी मार्सियललाई टोलीमा फर्काएका थिए। अनुभवी खेलाडी मैदान उतारे पनि २०१७ को विजेता युनाइटेडले कोपेनहेगनविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नुप-यो।

युरोपा लिगकै अर्को खेलमा इन्टर मिलानले बायर लेभरकुसेनलाई हराउन निकोलो बरेल्लाले १५औं तथा रोमेलु लुकाकुले २१औं मिनेटमा एक÷एक गोल गरे। २४औं मिनेटमा काई हाभेटर्जले सान्त्वना गोल फर्काएका थिए। विजयी इन्टरले बसेल र साख्तर डोनेस्कको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २८ श्रावण २०७७ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App