coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

केसीलाई पूर्वखेलाडीको बधाई

क्योकुसिन करातेका पूर्वखेलाडीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य अर्जुनबहादुर केसीलाई सम्मान तथा बधाई दिएका छन्।

सोमबार भैंसेपाटीमा आयोजित एक कार्यक्रममा राखेपका नवनियुक्त सदस्य केसीलाई क्योकुसिन करातेका खेलाडी, प्रशिक्षक र पदाधिकारीले सम्मान तथा बधाई दिएका हुन्।    नेपाल माचुसिमा क्योकुसिन कराते संघका अध्यक्ष राजकुमार गुरुङ, नेपाल क्योकुसिन काई कान कराते संघका अध्यक्ष सालिकराम कुँवर र बालकुमारी सृजना क्लबका महासचिव किशोर कुँवरलगायतले सम्मान गरेका थिए। राखेप बोर्ड सदस्यका रूपमा केसीको लगातार दोस्रो कार्यकाल हो। नयाँ ऐनअनुसार उनी राष्ट्रिय खेल संघअन्तर्गतबाट राखेपका बोर्ड सदस्यमा चार वर्षका लागि मनोनीत भएका थिए।

केसी नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्षसमेत हुन्। सो कार्यक्रम राखेप बोर्ड सदस्य केसीले आफूसँगै खेलेका सहकर्मीको सम्मान तथा हौसलाले नेपाली खेलकुदको विकासमा अहोरात्र खटिन ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका थिए।  ‘४०–४१ सालमा राजकुमार र हामीसँगै खेलेका थियौं। त्यस बेला राज्यबाट पाउने सेवासुविधा त्यतिधेरै नभए पनि खेलप्रति सबै खेलाडीको लगाव उच्च थियो। तर, अहिले तुलनात्मक रूपमा खेलाडीले केही पाएका छन्, तथापि ऊर्जा र लगाव त्यति देखिएको छैन,’ राष्ट्रिय पूर्वच्याम्पियन बक्सर केसीले भने।  

नेपाल माचुसिमा क्योकुसिन र क्योकुसिन काई कान करातेका अध्यक्षद्वय गुरुङ र कुँवरले खेलक्षेत्रमा लामो समयदेखि योगदान दिएका खेलाडी नेपाल खेलकुदक्षेत्रको प्रशासकीय निकाय राखेपको बोर्डमा नियुक्त हुनु हरेक नेपाली खेलाडी सम्मानित भएसरह महसुस भएको बताए। 

प्रकाशित: २७ श्रावण २०७७ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App