१५ चैत्र २०८० बिहीबार
खेल

एन्फाको साधारण सभा स्थगित

भदौ १५ गतेलाई तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १९औं साधारणसभा स्थगित भएको छ।

एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै भदौ तेस्रो साताका लागि तय गरेको  साधारण सभा अर्को सूचना जारी नभएसम्म स्थगित गरेको जनाएको हो। कोरोना भाइरसको महामारीका कारण साधारण सभा स्थगित गरिएको एन्फाद्वारा जारी विज्ञप्तिमा उल्लेख  छ।  

‘कोभिड–१९ को संक्रमण दर बढ्न थालेको, समुदाय स्तरमै संक्रमण हुन सक्ने जोखिम देखिएकाले सरकारको संक्रमण रोकथाम गर्ने निकायबाट भेला, गोष्ठी, सम्मेलनजस्ता कार्य निषेध गरेको परिप्रेक्ष्यमा भदौ १५ गते निर्धारण गरिएको एन्फाको १९औं साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ,’ एन्फाद्वारा जारी  विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २७ श्रावण २०७७ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App