coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

इङ्ल्यान्डको रोमाञ्चक जित

क्रिस वक्सले अविजित ८४ रन बनाउँदा इङ्ल्यान्डले ओल्ड ट्राफोर्डमा भएको पहिलो टेस्टमा आइतबार पाकिस्तानमाथि तीन विकेटको जित रचेको छ।  

दुई सय २२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ११७–५ विकेटको अवस्थाबाट निकै संघर्ष गर्दै पाकिस्तानविरुद्ध रोमाञ्चक जित दर्ता गरेको हो। म्यान अफ दी म्याच वक्सले शुक्रबार पाँच ओभरमा दुई विकेट लिँदै इङ्ल्यान्डको बलिङमा पनि साथ दिएका थिए। विश्वकपविजेता सहकर्मी जोस बट्लरसँग मिलेर उनले ब्याटिङमा पनि १ सय ३९ रनको साझेदारी गर्दै इङ्ल्यान्डलाई जित दिलाए। ‘आज निकै उत्कृष्ट तवरबाट लक्ष्य चेज भयो,’ इङ्ल्यान्डका कप्तान जो रुटले भने, ‘उनीप्रति निकै गर्व लागेको छ। वक्स र जोसको साझेदारी निकै उत्कृष्ट रह्यो।’

इङ्ल्यान्डलाई जितका लागि २१ रन आवश्यक हुँदा बट्लर ७५ रनमा एलबिडब्लु आउट भए। उनी स्पिनर यासिर साहको बलमा रिभर्स स्विप प्रहार गर्ने चक्करमा छैटौं विकेटका रूपमा आउट भएका थिए। तीव्र गतिका बलर साहिन अफ्रिदी नयाँ बलका साथ आउँदा इङ्ल्यान्डलाई १३ रन आवश्यक थियो। सातौं विकेटका रूपमा स्टुवार्ट ब्रोड एलबिडब्लु आउट भए पनि इङ्ल्यान्ड जितनजिक पुगिसकेको थियो। अफ्रिदीकै बलमा वक्सले चौका प्रहार गर्दै तीन खेलको शृंखलामा १–० को जित निकाले। यससँगै इङ्ल्यान्डले पछिल्ला ६ शृंखलामा पहिलो पटक पहिलो टेस्ट आफ्नो बनाउन सफल भयो।

इङ्ल्यान्डले पछिल्ला ६ शृंखलामा पहिलो पटक पहिलो टेस्ट आफ्नो बनाउन सफल भयो।

यासिर साहले आठ विकेट लिए पनि पाकिस्तानले पहिलो टेस्टमा हार बेहो-यो। विकेटकिपर बटलरले शान मसुदलाई ४५ रनमा दुई पटकसम्म जीवनदान दिँदा उनले त्यो अवसर सदुपयोग गरेका थिए। मसुदले १ सय ५६ रन बनाउँदा पाकिस्तानले पहिलो इनिङको समाप्तिमा १ सय सात रनको अग्रता बनाएको थियो। बट्लरले यदि आफूले टिमका लागि राम्रो गर्नु छ भने केही सुधार गर्नुपर्ने स्वीकार गरे। यही मैदानमा दुई वर्षअघि अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा शतक प्रहार गर्दै जित दिलाएका बट्लरले पाकिस्तानविरुद्ध पनि ब्याटिङमा राम्रो प्रदर्शन गरे।  

पाकिस्तानका कप्तान अजहर अलीले बट्लर र वक्सको तारिफ गर्दै उनीहरूले खेलको माहोल परिवर्तन गरेको बताए। बट्लरले पनि ५५ बलमै अर्धशतक प्रहार गर्ने क्रममा सात चौका प्रहार गर्दा वक्सले पनि ५९ बलमै ५० रन बनाउँदै इङ्ल्यान्डलाई जितनजिक पु¥याएका थिए। दुई वर्षअघि भारतविरुद्ध शतक प्रहार गरेपछि वक्स टेस्ट करियरको उच्च योगफल बनाउन सफल भए। इङ्ल्यान्ड ३१ रन जोड्दा चार विकेट गुमाएपछि ११७–५ को कठिन स्थितिमा पुगेको थियो। त्यस क्रममा रुटले ४२ र डोम सिब्लेले ३६ रन बनाएका थिए। तथापि बट्लर र वक्सले इनिङ सम्हाल्दै जित दिलाए। यी दुईबीच दोस्रो टेस्ट आगामी बिहीबार साउथह्याम्पटनमा हुनेछ।

प्रकाशित: २६ श्रावण २०७७ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App