८ वैशाख २०८१ शनिबार
खेल

युभेन्ट्सको प्रशिक्षकमा पिर्लाे

इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्सले इटाली राष्ट्रिय टोली तथा युभेन्ट्सकै पूर्वमिडफिल्डर आन्द्रे पिर्लोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

युभेन्ट्सले शुक्रबार लियोनसँग निराश हँुदै च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएसँगै शनिबार प्रशिक्षक माउरिसियो सारीलाई बर्खास्त गरेको थियो। सारीलाई बर्खास्त गरेको एक दिन नबित्दै युभेन्ट्सले पिर्लोलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो।

हालसम्म कुनै शीर्ष क्लबको प्रशिक्षण गरेको अनुभव नभए पनि ४१ वर्षे पिर्लोले हालै मात्र दुई वर्षका लागि युभेन्ट्सकै यु–२३ टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका थिए।

‘आज क्लबका साथै उनको फुटबल जीवनको पनि अध्याय सुरु भएको छ। पिर्लो त्यसका लागि उपयुक्त पात्र हुन्,’ युभेन्ट्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत सिजन चेल्सीलाई युरोपा लिगको उपाधि जिताएसँगै युभेन्ट्सले सारीलाई तीन वर्षको सम्झौतामा भित्र्याएको थियो। तर पहिलो सिजनमा युभेन्ट्सलाई सिरी ‘ए’ को उपाधि दिलाउन सफल भए पनि च्याम्पियन्स लिगमा भने उनको टोली अन्तिम १६ भन्दा माथि उठ्न सकेन। पिर्लोले सन् २०११ देखि २०१५ सम्म युभेन्ट्सबाट व्यावसायिक खेलजीवन बिताएका थिए।

प्रकाशित: २६ श्रावण २०७७ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App