coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सान्चेज इन्टरमै

इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानले स्ट्राइकर एलेक्सिस सान्चेजलाई तीन वर्षका लागि अनुबन्धित गरेको छ। इन्टरले गत सिजन म्यानचेस्टर युनाइटेडबाट लोनमा खेलेका चिलीका स्ट्राइकर सान्चेजलाई स्थायी रूपमा आफ्नो बनाएको हो। इन्टरका सिइओ जिउसेपे मारोट्टाले बुधबार सान्चेजसँग तीन वर्षका लागि सम्झौता गर्ने सहमति भएको बताएका हुन्।

म्यानचेस्टर युनाइटेडमा ४५ खेलबाट पाँच गोल मात्र गरेपछि इङ्लिस क्लबले उनलाई सन् २०१९–२० का लागि लोनमा इन्टर पठाएको थियो। यद्यपि, यस सिजन पनि चिलियन स्टार सान्चेजले चार गोल मात्र गरेका छन्। तथापि उनी इटालीमा लयमा फर्किने अनुमान गरिएको छ र एन्टोनियो कोन्टेको टोलीलाई लिगको दोस्रो स्थानमा पु-याउन उनले ९ एसिस्ट पनि गरेका थिए। ‘हामी छिट्टै आधिकारिक रूपमै उनीबारे सार्वजनिक गर्नेछौं,’ मारोट्टाले भने, ‘उनी हाम्रै खेलाडी भए र उनीसँग तीन वर्षको सम्झौता गर्दै छौं।’

उक्त ट्रान्सफरसँगै सान्चेजलाई इन्टरबाट युरोपा लिगको बाँकी खेल खेल्न पनि बाटो खुला छ। बुधबार नै इन्टर स्पेनिस क्लब गेटाफेलाई हराउँदै क्वार्टरफाइनलमा पुगिसकेको छ। बुधबार नै म्यानचेस्टर युनाइटेडले पनि युरोपा लिगमा जित निकालेपछि उसका प्रशिक्षक ओले गनर सोल्सजायरले सान्चेज क्लब छाड्ने स्पष्ट पारेका थिए। ‘उनी (सान्चेज) इटालीमै रहेनछन्। उनी राम्रा खेलाडी हुन् र उनको इन्टरमा राम्रो करियर बितिरहेको छ। उनलाई शुभकामना दिन चाहन्छु,’ सोल्सजायरले भने। 

प्रकाशित: २३ श्रावण २०७७ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App