७ वैशाख २०८१ शुक्रबार
खेल

धिमाल र गौतम उत्कृष्ट खेलाडी

त्रिभुवन आर्मी क्लबकी रिना धिमाल र काभ्रेका युनिस गौतमलाई नेपाल आइटिएफ तेक्वान्दो महासंघले वर्ष–२०१९ का उत्कृष्ट खेलाडी घोषणा गरेको छ।  

आफ्नो २३औं वार्षिकोत्सवका अवसरमा महासंघले बिहीबार २०१९ मा रिनालाई उत्कृष्ट महिला र युनिसलाई उत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित गरेको हो। रिनाले १९औं राष्ट्रिय आइटिएफ च्याम्पियनसिमा तीन स्वर्ण पदक जित्न सफल भएकी थिइन्। रिनाले स्पाइरिङ, प्याटर्न र ग्रुप स्पाइरिङमा स्वर्ण पदक हात पारेकी थिइन्। महासंघको उत्कृष्ट प्रतियोगितामा पारेको सफलताअनुसार रिना उत्कृष्ट घोषित भएकी हुन्। युनिस भने काभ्रे जुनियर राष्ट्रिय आइटिएफ च्याम्पियनसिपका उत्कृष्ट खेलाडी हुन्।

जुनियर राष्ट्रिय आइटिएफ च्याम्पियनसिप पनि महासंघको राम्रो प्रतियोगिता हो। यस्तै महासंघले वर्ष २०१९ को उत्कृष्ट प्रशिक्षकको रूपमा काभे्रका राजमन्दिर श्रेष्ठलाई घोषणा ग¥यो। महासंघले उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद पाँच हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान ग¥यो। सो अवसरमा महासंघले आउट स्ट्यान्डिङ इन्स्ट्रक्टरको अवार्ड रूपसिंह मोक्तानलाई प्रदान गरेको छ। रामेछापका साथै देशका लागि तेक्वान्दो खेलमा उत्कृष्ट योगदान पु¥याएबापत प्रशिक्षक मोक्तानलाई उक्त अवार्ड प्रदान गरिएको थियो।  

उनकै पहलकदमीमा रामेछापको खाँडदेवी गाउँपालिकास्थित गाल्पामा  एक करोड १२ लाख रुपैयाँ लागतमा नेसनल तेक्वान्दो एकेडेमी निर्माण गरिएको छ, जहाँ दुई सयभन्दा बढी खेलाडी प्रशिक्षणरत छन्। महासंघले उदीयमान इन्स्ट्रक्टरको उपाधि रोल्पाका विक्रम बाठामगरलाई प्रदान गरिँदा उत्कृष्ट जिल्लाको उपाधिबाट मोरङलाई सम्मानित गरेको छ। उत्कृष्ट प्रदेशका रूपमा प्रदेश–२ चयन भयो। यी उत्कृष्ट सबैलाई सम्मानपत्र प्रदान गरिएको थियो।

उत्कृष्ट सबैलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लीलबहादुर थापामगर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष एवम् नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमलालगायतले पुरस्कृत गरे। कार्यक्रममा राखेपका उपाध्यक्ष कोइरालाले नयाँ ऐन जारी भएपछिको परिषद्लाई नयाँ योजनाका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।

‘पहिले र अहिले राखेपमा परिवर्तन भएको छ। नयाँ ऐन आएसँगै नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने हुन्छ। पुरानो छविलाई मेटाउँदै नयाँ संकल्पका काम गर्ने समय भएको छ,’ रापेप उपाध्यक्ष कोइरालाले भने, ‘अभिभावक नै राखेप भएकाले विभिन्न संघमा रहेका समस्यालाई हल गर्ने प्रयास गर्नेछौं।’ महासंघका अध्यक्ष अञ्जन धमलाले विगतमा आफूहरूले भोगेका समस्या र अफ्ठ्यारो परिस्थितिलाई राष्ट्रिय खेलकुद परिषदमा नियुक्त पदाधिकारीले सम्बोधन गर्ने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित: २३ श्रावण २०७७ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App