coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नाडालले युएस ओपन नखेल्ने

विश्वभर कोरोना भाइरसको महामारी संक्रमण अझै नियन्त्रणमा आइनसकेको भन्दै साबिकका विजेता राफाइल नाडालले यस वर्षको युएस ओपन नखेल्ने घोषणा गरेका छन्।  

विश्व नम्बर २ स्पेनिस टेनिस स्टार ३४ वर्षे नाडालले अगस्ट ३१ बाट सुरु हुने प्रतियोगितामा नाम दर्ता गराएका थिएनन्।  

‘विश्वभर अहिले कठिन परिस्थिति छ। कोरोना संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै छ,’ नाडालले भने, ‘स्वास्थ्यका लागि चुनौती थपिएको छ।’

विश्व नम्बर एक सर्बियाका नोभाक जोकोभिच र अमेरिकी लिजेन्ड सेरेना विलियम्सले भने प्रतियोगितामा सहभागिता जनाउने यसअघि नै बताइसकेका छन्।  

‘यो यस्तो निर्णय हो, जुन म कहिले पनि लिन चाहन्नथें तर मैले यस पटक आफ्नो मनको कुरा सुनें र प्रतियोगिता नखेल्ने निर्णय गरें,’ नाडालले भने।  

प्रतियोगिता हुने भए पनि सबै खेल दर्शकबिनाका हुनेछन् र खेलाडीका लागि पनि स्वास्थ्य निर्देशिका जारी भइसकेको छ। अमेरिकी टेनिस संघ(युएसटिए)ले खेलाडीको नियमित पिसिआर परीक्षण गर्ने जनाएको छ।  

‘यस वर्ष धेरै टेनिस प्रतियोगिता रद्द भएका छन्,’ नाडालले भने, ‘चार महिनादेखि विश्वभर टेनिस गतिविधि शून्य छ।’

नाडालले सन् २०१६ को विम्बल्डनपछि पहिलो पटक ग्रान्ड स्लाम गुमाउने भएका हुन्। नाडालका चिर प्रतिद्वन्द्वी स्विट्जरल्यान्डका रोजर फेडेररले यसअघि नै घुँडाको चोटका कारण युएस ओपन नखेल्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित: २२ श्रावण २०७७ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App