coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बन्द रंगशालामा ओलम्पिक हुँदैन: ताकाया

एक वर्ष पछि सरेको टोकियो ओलम्पिक–२०२१ का प्रवक्ता मासा ताकायाले मंगलबार बन्द रंगशालामा ओलम्पिक खेल हुन नसक्ने बताएका छन्।

विश्वमा चर्चित ओलम्पिकजस्तो खेललाई बन्द रंगशालामा दर्शकबिना खेलाउनु न्यायपूर्ण नहुने भन्दै प्रवक्ता ताकायाले सम्भव नहुने बताएका हुन्।

प्रधानमन्त्री सिन्जो आबे निकटका एक व्यक्तिले जापानको एक सञ्चारमाध्यमलाई प्रधानमन्त्रीले दर्शकबिना भए पनि ओलम्पिक आयोजना गर्नुपर्ने धारणा दिएका थिए। लिबरल डेमोक्रेटिक पार्टीका एक सदस्यलाई उद्धृत गर्दै जापानका सञ्चारमाध्ययमले समाचार बाहिर ल्याएका थिए। उक्त समाचारपछि जापानमा हलचल मच्चिएको थियो। ओलम्पिक–२०२१ का प्रवक्ता ताकायाले सबै स्तरबाट छलफल नभई यस्तो समाचार बाहिर आउन नहुने धारणा राखे।  

यही समाचारलाई लिएर चीनको समाचार एजेन्सी सिन्ह्वाले पनि चासो व्यक्त गरेको छ। ‘विश्वभर फैलिएको कोरोनाजस्तो महामारी विपत्तिको विषयमा गम्भीर छलफल आवश्यक हुन्छ। सबै निकायसँग छलफल गर्नुपर्ने हुन्छ,’ चीनको समाचार एजेन्सीले भनेको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का अध्यक्ष थोमस बाचले गत जुलाईमा नै दर्शकबिना कुनै पनि प्रतियोगिता सम्भव नहुने बताइसकेका छन्।  

‘आइओसीका अध्यक्ष कुनै पनि हालतमा बन्द रंगशालामा ओलम्पिक हुने पक्षमा छैनन्,’  प्रवक्ता ताकायाले भने, ‘हाम्रो पनि टोकियो ओलिम्पक दर्शकबिना होस् भन्ने चाहना छैन। दर्शकबिनाको ओलम्पिक होस् भन्नेमा कोही छैन। कोभिड–१९ लाई हामीले  सूक्ष्म अध्ययन गरिरहेका छौं। आगामी वर्ष के हुन्छ। हाम्रो उद्देश्य सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने रहेको छ।’

विश्व खेलकुदको सबैभन्दा ठूलो खेलमेला ओलम्पिक गेम्सको २९औं संस्करण आगामी जुलाई अगस्टका लागि तय भएको थियो। तर विश्वभर फैलिएको कोरोना महामारीले टोकियो ओलम्पिक–२०२० एक वर्ष पछि धकेलिएको छ। 

प्रकाशित: २१ श्रावण २०७७ ०५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App