७ वैशाख २०८१ शुक्रबार
खेल

औबामेयाङ आर्सनलमै रहने विश्वास

एफए कप उपाधिका साथ आर्सनलका खेलाडी। तस्बिर: एपी

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले एफए कपको उपाधि जितेसँगै उसका स्टार फरवार्ड पिएरे इमेरिक औबामेयाङ क्लबमै रहने आशा व्यक्त गरेका छन्।  

शनिबार एफए कपको फाइनलमा चेल्सीमाथि २–१ को जित निकाल्दै आगामी सिजनको युरोपा लिगमा समेत स्थान बनाएपछि प्रशिक्षक आर्टेटाले औबामेयाङ आर्सनलमै रहने विश्वास व्यक्त गरेका हुन्। खेलमा पछि परेको स्थितिमा औबामेयाङकै दुई गोल प्रेरणाबाट आर्सनलले रोमाञ्चक पुनरागमन गरेको थियो। साढे दुई वर्षअघि बोरुसिया डर्टमन्डबाट आर्सनल आएका औबामेयाङले टिमसहित उपाधि उचाल्दा ट्रफी खस्दै पिँध टुटेको थियो।  यस सिजन आर्सनलले खराब नतिजा सामना गरेपछि कप्तान औबामेयाङले क्लब छाड्ने चर्चा सुरु भइसकेको थियो।  

यद्यपि, आगामी सिजन युरोपा लिगको यात्रा तय गरेसँगै उनी क्लबमै रहने प्रशिक्षक आर्टेटाले विश्वास व्यक्त गरेका छन्। यस सिजन प्रिमियर लिगको आठौं स्थानमा खुम्चिएसँगै २५ वर्षपछि आर्सनल युरोपियन फुटबलको प्रतिस्पर्धाबाट बाहिरिने भय थियो। तथापि, एफए कपको उपाधि जितेसँगै आर्सनलले युरोपा लिगमा स्थान बनाउन सफल भयो। तर, विश्वकै उच्चस्तरीय गोलकर्ता औबामेयाङ अर्को एक सिजन पनि च्याम्पियन्स लिगबिना रहनेछन्। 

‘औबामेयाङ मेरा लागि कति महत्वपूर्ण छन् भन्ने उनलाई राम्रोसँग थाहा छ । म उनीसहितको टोली बनाउन चाहन्छु । मेरो विचारमा उनी पनि यहीं बस्न चाहन्छन्, यो सबै सम्झौताबाट हुने कुरा पनि हो ।’ 

इमिरेट्स क्लब आर्सनलसँग एक वर्षको सम्झौताअविधि भए पनि गाबोनका अन्तर्राष्ट्रिय खेलाडी यसै समर अन्यत्र जाने चर्चा चलिरहेको छ। ‘औबामेयाङ मेरा लागि कति महत्वपूर्ण छन् भन्ने उनलाई राम्रोसँग थाहा छ। म उनीसहितको टोली बनाउन चाहन्छु,’ प्रशिक्षक आर्टेटाले भने, ‘मेरो विचारमा उनी पनि यहीं बस्न चाहन्छन्, यो सबै सम्झौताबाट हुने कुरा पनि हो।’ आर्टेटाले सिनियर व्यवस्थापकीय जिम्मेवारीमा आएको पहिलो वर्ष नै उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन्। यद्यपि, दर्शकबिनाको वेम्बली स्टेडियममा चेल्सीले सुरुआतमै गोल गरेपछि उनलाई ठूलो झड्का लागेको थियो।  

फ्रान्क लाम्पार्डले आफ्नो पहिलो सिजनमै चेल्सीलाई महत्वपूर्ण लक्ष्य आगामी सिजनको च्याम्पियन्स लिग यात्रा तय गराए पनि उपाधिविहीन भए। क्रिस्टियन पुलिसिकले पहिलो पाँच मिनेटभित्र नै गोल गरेपछि चेल्सी एफए कपको उपाधिमा बलियो देखिए पनि समालिन सकेन। दोस्रो हाफमा औबामेयाङले अर्को गोल थप्दै आर्सनललाई महत्वपूर्ण जितसहित उपाधि दिलाए। ‘हामीले सुरुआती १०–१५ मिनेट राम्रो खेल्यौं। हाम्रै लयमै खराब रह्यो,’ लाम्पार्डले भने, ‘आजको खेल सन्तोषजनक थिएन, हामीले नै उनीहरूलाई छिटै खेलमा फर्किने अवसर दियौं।’  

चोटमा चेल्सीमा
आर्टेटाले पहिलो हाफको ड्रिङस ब्रेक लगत्तै आर्सनलको लयलाई सुधार गराएका थिए। केही समयको विश्रामपछि नै निकोलस पेपेले बराबरी गोल फर्काए पनि अफसाइड घोषित भयो। म्यानचेस्टर सिटीसँगको सेमिफाइनलजस्तै फाइनलमा पनि औबामेयाङको उत्कृष्ट लय जारी रह्यो। चेल्सीका कप्तान सेजर एज्पिलिक्वेटाले पेनाल्टी एरियामा औबामेयाङलाई लडाएपछि आर्सनलले खेलमा फर्किने अवसर पाएको थियो। सोही अवसर सदुपयोग गर्दै औबामेयाङले खेल बराबरीमा ल्याए। त्यस घटनामा भारमार्पmत एज्पिलिक्वेटा रातो कार्डबाट बचे पनि चेल्सीले ठूलो मूल्य चुकाउनुप¥यो। पहिलो हाफमै एज्पिलिक्वेटाले  चोट बोक्दै मैदान छाड्नुप-यो।  

दोस्रो हाफको सुरुआतमै पुलिसिकलाई पनि ह्याम्सट्रिङ समस्या भएपछि चेल्सीले छिट्टै महत्वपूर्ण दुई खेलाडी गुमाउनुप-यो। आगामी हप्ता च्याम्पियन्स लिगको अन्तिम १६ मा बायर्न म्युनिखविरुद्ध भिड्ने चेल्सीलाई दुई स्टारको चोटले समस्या उत्पन्न गर्नेछ। खेलको अन्तिम समयतिर पेड्रो रोड्रिग्वेजले पनि काँधमा चोट बोक्दै चेल्सीको यात्रा टुङ्ग्याए। उनी आगामी सिजन इटालियन क्लब रोमा जानेछन्। ‘आज धेरै चोट बेहो¥यौं। दुई जना ह्याम्सट्रिङ र एक  खेलाडीले काँधमा चोट बोके,’लाम्पार्डले भने।

प्रकाशित: १९ श्रावण २०७७ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App