coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पिएसजीलाई सिजनको तेस्रो उपाधि

पेरिस (रोयटर्स)– पेरिस सेन्ट जर्मेन (पिएसजी)ले शुक्रबार लियोनमाथि ६–५ को जितसहित फ्रेन्च लिग कपको उपाधि जित्दै यस सिजन तीन घरेलु उपाधि आफ्नो बनाएको छ ।

निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा टुङ्गिएको खेलमा पिएसजीले पेनाल्टी सुटआउटमार्पmत लियोनलाई ६–५ ले हराउँदै यस सिजन तेस्रो घरेलु उपाधि सुरक्षित गरेको हो । दोस्रो हाफमा अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका पाब्लो साराबियोको पेनाल्टी प्रहार सफल हुँदा लियोनका बट्र्रान्ड ट्राओरेको प्रहार पिएसजीका गोलकिपर केलर नाभासले रोकेका थिए । त्यससँगै पिएसजीले यस सिजनको लिग वान, फ्रेन्च कप र फ्रेन्च लिग कपको उपाधि उचाल्यो । पिएसजीले नवौं पटक लिग कप ट्रफी उचालेसँगै यस सिजनपश्चात् यसको संस्करण पनि स्थगित भएको छ । सन् १९९५ देखि सुरु भएको यस प्रतियोगिता अन्तिम सिजन हो ।  

फ्रेन्च प्रोफेसनल फुटबल लिग (एलएफपी)ले गत सेप्टेम्बरमै अर्कोे सूचना नआएसम्म यस प्रतियोगिता स्थगित भएको निर्णय गरिसकेको छ । एलएफपीले २०२० देखि २०२४ को सिजनसम्मका लागि यस प्रतियोगिताको ब्रोडकास्टर पनि पाउन सकेको थिएन । तथापि, यो प्रतियोगिताको स्वरूप परिवर्तन गरेर पुनः फर्काउने रणनीति पनि एलएफपीले बनाइरहेको छ । स्टेड डी फ्रान्समा करिब पाँच हजार दर्शकका साथ सञ्चालित प्रतियोगितामा लियोनका पोर्चुगिच गोलकिपर एन्थोनी लुप्सले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको आशा जगाएका थिए । कोरोनाका कारण स्वास्थ्य सुरक्षा विधि अपनाउँदै समर्थकलाई रंगशालामा प्रवेश दिइएको थियो ।  

खेलमा लुप्सले ब्राजिलियन स्टार नेइमारको तीन, एन्जल डी मारिया र इद्रिसा गुइएको आक्रमणलाई विफल पारेका थिए भने पिएसजीका नाभासले पनि केही आक्रमण रोके । अतिरिक्त समयको अन्ततिर लियोनका डिफेन्डर राफाइल डा सिल्भा रातो कार्ड खाँदै बाहिरिएका थिए । त्यसपछिको पेनाल्टी सुटआउटमा सफलता प्राप्त गर्दै पिएसजीले उपाधि आफ्नो बनायो । पिएसजीलाई सिजनको चौथो उपाधि उचाल्ने अवसर पनि छ, तर त्यसका लागि आगामी अगस्ट १२ मा लिस्बनमा हुने च्याम्पियन्स लिग क्वार्टरफाइनलमा इटालियन प्रतिद्वन्द्वी एटलान्टालाई हराउनुपर्नेछ। 

प्रकाशित: १८ श्रावण २०७७ ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App