coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

किरण अर्थोप्लास्ट रिह्याबको सद्भावना दूत

अर्थोप्लास्ट रिह्याब सेन्टरले राष्ट्रिय टोलीका गोलकिपर तथा कप्तान किरण चेम्जोङलाई सद्भावना दूत नियुक्त गरेको छ । अर्थोप्लास्टका प्रबन्ध निर्देशक हरि तामाङ र किरणबीच शनिबार ग्वार्कोस्थित अर्थोप्लास्टमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। एक वर्षका लागि गरिएको सम्झौताअनुसार अर्थोप्लास्टले किरण र उनको परिवारका अन्य सदस्यका लागि २ लाख रुपैयाँबराबरको आफ्नो सेवा उपलब्ध गराउने र ल्याब सेवामा पनि ५० प्रतिशत छुट दिने जनाएको छ।  

साथै अर्थोप्लास्टले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन योगदान पु-याउने जुनसुकै विधाका राष्ट्रिय खेलाडीलाई आफ्नो सेवामा ४० प्रतिशत र अन्य  खेलाडीलाई पनि ३० प्रतिशत छुट दिने बताएको छ।  

‘राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङसँगको सम्झौताले यस संस्थाको विश्वसनीयता बढ्नुका साथै खेलाडीलक्षित सेवाको गुणस्तरमा पनि उल्लेख्य सुधार हुने र धेरैभन्दा धेरै खेलाडीलाई रिह्याब तथा फिजियोथेरोपी सेवा प्रदान गर्ने हाम्रो उद्देश्य छ,’ अर्थोेप्लास्टका प्रबन्ध निर्देशक हरि तामाङले बताए।

अनुभवी विशषज्ञ फिजियोथेरापिस्ट र नर्सिङ सेवा सुरु गरेको अर्थोप्लास्ट रिह्याब सेन्टरमा अहिले विभिन्न खेलका खेलाडीको चाप बढेकाले छुट्टै ‘स्पोर्ट्स इन्जुरी रिकभरी सेन्टर’ सञ्चालनमा ल्याउने पनि संस्थाले जनाएको छ।

प्रकाशित: १८ श्रावण २०७७ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App