१९ श्रावण २०७७ सोमबार
खेल

शारीरिक सुगठन संघका सचिव सिकेद्वारा राजीनामा

शारीरिक सुगठन खेलको विकास र विस्तारको लागि महत्वपूर्ण योगदान दिएका संघका सचिव उमेश सिकेले सचिवको पदबाट राजीनामा दिएका छन्। उनले संघका अध्यक्ष शंकरमान उदास एवं बोधार्थ जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्। उनले आफ्नो पेशा र व्यवसायकै कारण समय दिन नसक्ने भन्दै राजीनामा दिएको खुलासा गरेका छन्।  

सिके लामो समयदेखि शारीरिक सुगठन संघको सचिवमा रहेर जिम्मेवारी पुरा गर्दै आएका थिए। मिष्टर माछापुच्छ्रे, मिष्टर पोखरा लगायतका प्रतियोगिता सञ्चालन हुदैं आएपनि पछिल्लो समय शारीरिक सुगठन खेलको विकास र विस्तार हुन सकेको छैन्। एक दशक अघि भएका प्रतियोगिताले जिमखाना एवं क्लबहरुको स्थापना हुदैं आएका थिए।  

सिके केबल शारीरिक सुगठनमा मात्रै आवद्ध छैनन्। तत्कालिन समयमा पोखरामा कुनैपनि फुटबल प्रतियोगिता आयोजना नहुदाँ उनकै समयमा नरकाजी स्मृति राष्ट्रियस्तरको फुटबल प्रतियोगिता शुरु भएको थियो। यद्यपी अहिले केवल इतिहासमा मात्रै छ। लनटेनिस खेलको विकासमा योगदान गरेको उनको दावी थियो। ‘शारीरिक सुगठनलाई जिल्लादेखि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पुर्याउने भूमिका खेलें।’ उनको राजीनामाको पत्रमा उल्लेख गरेका छन्।  

पोखरामा खेलकुदको विकासलाई अझ फराकिलो बनाउने धुनमा जुटेका सिकेले भलिबल, क्रिकेट, बक्सिङ खेलको विकास र विस्तारमा समेत सक्रियता रहेका थिए। खेलकुदमा झण्डै उनले २५ वर्षको समय विताए। यद्यपी अझै उनी खेलकुदमै सक्रिय छन्। भारोत्तोलन संघमा समेत आवद्ध सिकेकै सक्रियतामा पोखरा उद्योग वाणिज्य संघमा पोखरामा राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता आयोजना भएको थियो।  

 

 

 

 

 

प्रकाशित: १३ श्रावण २०७७ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App