८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

युनाइटेड र चेल्सीको च्याम्पियन्स लिग पक्का

लेस्टर सिटीविरुद्ध पेनाल्टी गोल गरेपछि म्यानचेस्टर युनाइटेडका खेलाडी। तस्बिर: एपी

म्यानचेस्टर युनाइटेड र चेल्सीले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको दिन आइतबार बर्नमाउथ र वाट्फोर्ड भने च्याम्पियनसिपमा घटुवा भए। यता एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिग हैसियत कायम राख्न सफल भयो।

यी सबै प्रिमियर लिग इतिहासमै सबैभन्दा लामो सिजनको अन्तिम दिन बनेका नाटकीय समीकरण हुन्।

कोरोना भाइरसको महामारीका कारण करिब तीन महिना रोकिएको प्रिमियर लिग गत महिनाबाट सुरु भएको थियो। दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग निराश भएसँगै लिभरपुलले गत महिना नै ३० वर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको थियो।

वेस्ट ह्यामसँग १–१ को बराबरी भिल्लालाई रेलिगेसन क्षेत्रभन्दा १ अंक माथि बस्न पर्याप्त बन्दा, वाट्फोर्ड आर्सनलसँग ३–२ ले स्तब्ध भयो भने बर्नमाउथ  एभर्टनमाथि ३–१ को जितका बावजुद प्रिमियर लिग हैसियत जोगाउन असफल भयो।

यता च्याम्पियन्स लिगमा स्थान बनाउन मात्र एक अंक आवश्यक रहेको युनाइटेडले लेस्टरमाथि २–० को जित हात पार्दै तेस्रो स्थान पक्का गर्दा उल्भरह्याम्पटनलाई २–० ले निराश पारेको चेल्सीले पनि चौथो स्थानमा बस्दै च्याम्पियन्स लिगमा छनोट भयो।  

भाग्यमानी भिल्ला
आइतबार तीन टोली प्रिमियर लिगको हैसियत जोगाउन मात्र एक स्थानका लागि लडिरहेका थिए। एस्टन भिल्ला र वाट्फोर्डको समान ३४ अंक थियो भने बर्नमाउथको ३१ अंक थियो। नर्विच सिटी यसअघि नै च्याम्पियनसिपमा घटुवा भइसकेको थियो। तीन टोलीमध्ये दुई रेलिगेसनमा पर्ने थिए भने एक टोलीको प्रिमियर लिग हैसियत कायम रहिरहन्थ्यो। गत मंगलबार आर्सनलमाथि १–० को जितसँगै भिल्लाले रेलिगेसनबाट बच्ने सम्भावना बनाएको थियो। सो जितसँगै भिल्लाले समान ३४ अंक भएको वाट्फोर्डलाई गोलअन्तरमा पछि पारेको थियो। बर्नमाउथ भने भिल्लाभन्दा ३ अंक पछि थियो।  

२३ गोल गरेका जेमी भार्डीले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्नु भने लेस्टरका लागि सान्त्वना बन्यो। भार्डी प्रिमियर लिगमा गोल्डेन बुट प्राप्त गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बने।

गुडिसनपार्कमा एभर्टनमाथिको ३–१ को जितपछि बर्नमाउथले प्रिमियर लिग हैसियत जोगिने आशा लिएको थियो। तर भिल्लाले वेस्ट ह्यामसँग १ अंक खोसेसँगै बर्नमाउथ निराश बनेको थियो। यता आर्सनलविरुद्ध पहिलो हाफमा ३ गोल खाएको वाट्फोर्डले दोस्रो हाफमा २ गोल फर्काए पनि टोलीका त्यो प्रिमियर लिगमा टिकिरहन पर्याप्त बनेन ।

३१२ दिन शीर्ष ४ मा, अन्तिम दिन बाहिर  
प्रिमियर लिग विजेता लिभरपुल र दोस्रो स्थानको म्यानचेस्टर सिटीले यसअघि नै आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेका थिए। अन्तिम दुई स्थानका लागि म्यानचेस्टर युनाइटेड, लेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा थियो।

तेस्रो स्थानको युनाइटेडलाई शीर्ष च्याम्पियन्स लिगमा स्थान पक्का गर्न पाँचौं स्थानको लेस्टर सिटीविरुद्ध जित वा बराबरीको नतिजा पनि पर्याप्त हुने थियो। यता चेल्सीलाई पनि शीर्ष ४ पक्का गर्न घरेलु मैदानमा उल्भरह्यामटनविरुद्ध मात्र १ अंक आवश्यक थियो।  

यता बुधबार युनाइटेडले वेस्ट ह्यामविरुद्ध बराबरीको नतिजा ल्याउनुअघि लगातार ३ सय १२ दिन शीर्ष ४ मा बसेको ब्रेन्डन रोजर्सको टोली लेस्टरका लागि भने प्रिमियर लिगको अन्तिम दिन पीडादायी रह्यो।

लेस्टर आइताबर युनाइटेडसँग २–० ले निराश भएको हो। युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र जेसी लिंर्गाडले समान एक गोल गरे।  

२३ गोल गरेका जेमी भार्डीले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्नु भने लेस्टरका लागि सान्त्वना बन्यो। भार्डी प्रिमियर लिगमा गोल्डेन बुट प्राप्त गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बने।

यता स्टाम्फोर्डब्रिजमा मेसन माउन्ट र ओलिभर जिरौडले पहिलो हाफमा गरेको समान एक गोलमा एफए कप फाइनलिस्ट चेल्सीसँग २–० ले स्तब्ध उल्भरह्याम्पटन भने युरोपा लिगमा समेत छनोट हुन सकेन।  

यद्यपि सातांै स्थानको उल्भरह्याम्पटनसँग अर्को सिजनको च्याम्पियन्स लिग र युरोपा लिग खेल्ने दुई बाटा अझै खुला छन्। युरोपा लिगमा अझै खेल बाँकी रहेकाले उल्भरह्याम्पटनसँग युरोपा लिग विजेताको हैसियतमा च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम छ। साथै चेल्सीले अर्को साता एफए कपको फाइनलमा आर्सनललाई हराएमा पनि उल्भरह्याम्पटन अर्को सिजन युरोपा लिगमा छनोट हुनेछ।  

चेल्सीविरुद्धको खेलअघि छैटाैं स्थानमा रहेको उल्भरह्याम्पटनलाई टोटेनह्यामले गोलअन्तरमा उछिनेको हो। टोटेनह्यामले भने क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेले पनि  सो नतिजा छैटाैं स्थान पक्का गर्दै युरोपा लिगमा स्थान बनाउन पर्याप्त बन्यो।

अन्तिम दिन अरू केके भए ?
म्यानचेस्टर सिटीले रेलिगेसनमा परिसकेको नर्विच सिटीमाथि ५–० को जितपछि लिभरपुल प्रिमियर लिग इतिहासमै दोस्रो स्थानको टोलीसँग कीर्तिमानी अंकदूरी बनाउन चुक्यो। म्यानचेस्टर सिटीका गोलकिपर इडरसनले सबैभन्दा बढी क्लिनसिट राख्दै गोल्डेन ग्लोब जिते।  

न्युक्यासलमाथि पुनरागमनमा ३–१ को जित हात पारेको लिभरपुलले दोस्रो स्थानको सिटीसँग अंकदूरी १८  पु-याउँदै सिजनको अन्त्य ग¥यो। प्रिमियर लिग च्याम्पियन टोलीले दोस्रो स्थानको टोलीसँग बनाएको सर्वाधिक अंकदूरी १९ हो, जुन सिटीले सन् २०१७–१८ मा युनाइटेडविरुद्ध बनाएको थियो।  

सिटीका केभिन डी ब्रुयनाले थिएरी हेनरीको नाममा रहेको प्रिमियर लिगको एकै सिजनमा सबैभन्दा बढी असिस्ट गर्ने कीर्तिमानसँग बराबरी गरे। सिटीकै लिजेन्ड डेभिड सिल्भाले आइतबारै प्रिमियर लिगबाट बिदाइ लिए। १० वर्ष सिटीबाट खेलेका सिल्भाले प्रिमियर लिगमा ३ सय ९ खेल खेले। सिल्भाले सिटीबाट ११ प्रमुख उपाधि जितेका छन्। यसै सिजन प्रिमियर लिगमा बढुवा भएको सेफिल्ड युनाइटेडले नवांै स्थानमा बसेर सिजनको अन्त्य ग-यो। 

प्रकाशित: १३ श्रावण २०७७ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App