७ वैशाख २०८१ शुक्रबार
खेल

इन्टरको अवसर खेर

एएस रोमाका खेलाडीसँग बल खोस्ने प्रयास गर्दै इन्टर मिलानका एलेक्सिज सान्चेज(निलो) तस्बिर: एएफपी

एएस रोमासँग आइतबार २–२ को बराबरीमा रोकिएसँगै इन्टर मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष टोली युभेन्ट्ससँग अंकदूरी कम गर्ने अवसर खेर फालेको  छ।

शीर्ष स्थानमा रहेको युभेन्ट्सले एक खेल कम खेलेको छ र टोलीको ७७ अंक छ। एक खेल बढी खेल्दै दोस्रो स्थानमा रहेको इन्टरको ७२ अंक छ। रोमाविरुद्धको जितले इन्टर शीर्ष स्थानको युभेन्ट्सभन्दा मात्र ३ अंकले मात्र पछि पर्ने थियो। एट्लान्टा ७१ अंकका साथ तेस्रो स्थानमा छ भने एक खेल कम खेलेको लाजियो ६९ चौथो स्थानमा छ। ५८ अंकका  साथ रोमा पाँचांै स्थानमा उक्लिएको छ। समान ५६ अंकका साथ नेपोली र एसी मिलान क्रमशः छैटाैं र साताैं स्थानमा छन्।

रोमेलु लुकाकुले खेल सकिन २ मिनेट बाँकी हुँदा गरेको पेनाल्टी गोलमा इन्टर हारको संघारबाट जोगिएको थियो।

खेलको १५औं मिनेटमा स्टेफन डी भ्रिजले एलेक्सिस सान्चेजको पासलाई जाली चुमाउँदा इन्टरले अग्रता लिएको थियो। पहिलो हाफको अतिरिक्त समयमा लियोनार्दो स्पिनाजोलाले रोमालाई खेलमा फर्काएका थिए। ५७ हेनरिक मिखातेरियानले रोमालाई खेलमा अघि बढाएका थिए । रोमेलु लुकाकु ६७औं मिनेटमा लौटारो मार्टिनेजको स्थानमा मैदान प्रवेश गरेका थिए। हारको संघारमा रहेको इन्टरले लुकाकुले अन्तिम २ मिनेट बाँकी रहँदा गरेको पेनाल्टी गोलमा इन्टरलाई एक अंक पक्का गरेका थिए। स्पिनाजोलाले भिक्टर मोसेसमाथि फाउल गर्दा इन्टरले पेनाल्टीको अवसर पाएको थियो।

युभेन्ट्स लगातार नवाैं पटक सिरी ‘ए’ को उपाधि नजिक छ।  

‘हामीले अझै दबाबमा खेल्ने बानी बासाल्न आवश्यक छ,जुन पछिल्लो केही वर्षहरूमा इन्टरले गुमाउँदै आएको छ,’ इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले भने, ‘म मेरो खेलाडीको दोष देख्दिनँ । रोमा राम्रो टोली हो र हामीले गतिलो जबाफ दियौं। हाम्रो टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। हामी दोस्रो स्थानमा छौ, हामी च्याम्पियन्स लिगमा छनोट हुनेछांै।’

इन्टर पछिल्लो पटक सन् २०१० मा जोजे माउरिन्होको प्रशिक्षणम सिरी ‘ए’ च्याम्पियन भएको थियो। पाँचाैं स्थानको रोमा चौथो स्थानको टोलीभन्दा ९ अंकले पछि भने इन्टरभन्दा १४ अंकले पछि छ।

सिरी ‘ए’ अन्तर्गत आइतबार भएको अर्को खेलमा नेपोलीले युडिनेसीलाई २–१ ले हरायो।

प्रकाशित: ६ श्रावण २०७७ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App