नेपाल बुद्धिचाल संघले नेपाल पूर्वच्याम्पियन शूरवीर लामाको नेतृत्वमा १३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
आगामी साउन सात देखि १५ सम्म हुने अनलाइन टिम चेस ओलम्पियाडका लागि संघले नेपाल पूर्वच्याम्पियन शूरवीर लामाको नेतृत्वमा १३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। उक्त टोलीमा नेपालका शीर्ष वरीयता प्राप्त खेलाडी विवेक लामा, नेपाल च्याम्पियन पुरुषोत्तम चौलागार्इं र महिलातर्पm राष्ट्रिय च्याम्पियन सुजना लोहनी, शीर्ष वरीयता खेलाडी रञ्जु भट्ट, फिडेमास्टर मनीष हमाल, रूपेश जैसवाल, निकेश कुष्ठा र युवराज पौडेल रहेका छन्।
अन्य सदस्यमा सिन्दिरा जोशी, शान्ति धिमाल, अनीशा न्यौपाने र स्नेहा यादव पनि टोलीमा समावेश छन्। विश्वका १ सय ८८ राष्ट्रले प्रतिस्पर्धा गर्ने ओलम्पियाडको प्रत्येक टोलीमा समान तीन पुरुष र महिला गरी ६ खेलाडी हुनेछन् र बाँकी ६ जना भने वैकल्पिक खेलाडीका रूपमा रहनेछन्। खेल कुल तीन चरणमा सम्पन्न हुनेछ। पहिलो चरणको खेलमा विभिन्न देशलाई पाँच समूह विभाजन गरी अन्तिम १६ को लागि शीर्ष दुई टोली छनोट गरिनेछ भने बाँकि ६ टोली प्लेअफको माध्यमबाट छनोट अर्को राउन्डमा प्रवेश पाउनेछन्।
प्रकाशित: ३१ असार २०७७ ०५:०४ बुधबार