coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

स्वर्णविजेतालाई नगरपालिकाको दराज

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता करातेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले दराज उपहार प्रदान गरेको छ।  

गत वर्ष मंसिरमा नेपालमा सम्पन्न १३औं सागमा मण्डेकाजीले करातेको कातातर्फ दोहोरो स्वर्ण दिलाएका थिए। खेलकुदमार्फत देशका साथ नगरपालिकालाई गौरवान्वित बनाएको भन्दै नगरपालिकाले पदक राख्ने दराज उपहार दिएको हो। उक्त दराज र डेकोरेसेनसहित झन्डै ३ लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ। मध्यपुर थिमी वडा नम्बर ४ निवासी मण्डेकाजीलाई सजावटसहित दराज उपहार प्रदान गरेको मेयर मदनसुन्दर श्रेष्ठले जानकारी गराए। सोमबार एक कार्यक्रमबीच मेयर श्रेष्ठले मेन्डकाजीकै निवासमा उनलाई चाबी हन्तान्तरण गरेका थिए।

‘मण्डेको घर आउँदा उनले जितेको मेडल, प्रमाणपत्र, टेकन अफ लभलगायत सामान छरपस्ट देखें। त्यसैले खेलाडीले मिहिनेतले आर्जेको सम्पत्ति सुरक्षित गर्न दराज उपहार दिएका हौं,’ मेयर मदनसुन्दर श्रेष्ठले भने, ‘दुई दिनअघि मात्रै डेकोरेसन सकाएका हौं र अहिले कस्तो राम्रो देखिएको छ।’ यसअघि नगरपालिकाले दोहोरो स्वर्णविजेता मण्डेकाजीलाई पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मान पनि गरिसकेको छ। नेपाल सरकारबाट पनि उनले २२ लाख रुपैयाँ प्राप्त गरेका थिए।  

मण्डेकाजीले सम्मानका लागि नगरपालिकालाई धन्यवाद दिँदै यस्तो कदमले आफू मात्र नभएर अन्य खेलाडीलाई अभैm राम्रो प्रदर्शन गर्न प्रोत्साहन मिल्ने बताए। ‘नगरपालिकाले सम्मान गरिसकेको थियो, तर खेलाडीको पदकलाई पनि विशेष महत्व दिँदै त्यसको सुरक्षाका लागि यस्तो उपहार आउनु नौलो सुरुआत भएको छ,’ मण्डेकाजीले भने। उक्त  कार्यक्रममा वडा–४ का अध्यक्ष कुमार श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, सागका कराते प्रशिक्षक गंगाराम महर्जन र मण्डेकै पहिलो कराते प्रशिक्षक सजन श्रेष्ठलगायत उपस्थित थिए।  

प्रकाशित: ३० असार २०७७ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App