८ वैशाख २०८१ शनिबार
खेल

आर्सनलमाथिको जितले टोटेनह्यामको स्थान सुधार

टोबी एल्डरवेइरेल्डको निर्णायक गोल प्रेरणाबाट टोटेनह्यामले आइतबार उत्तरी लन्डन प्रतिद्वन्द्वी आर्सनलमाथि २–१ को जित निकाल्दै एक स्थान सुधार गरेको छ।

रेलिगेसन क्षेत्रको बर्नमाउथले प्रिमियर लिग यात्रा कायमै राख्न आइतबार लेस्टर सिटीलाई ४–१ ले हराउँदा आर्सनल उत्तरी लन्डन प्रतिद्वन्द्वी टोटेनह्यामसँग स्तब्ध भएको हो। लन्डन डर्बीमा अग्रता जोगाउन नसकेको आर्सनल नतिजासँगै वरीयता पनि टोटेनह्यामलाई सुम्पिन बाध्य भयो। पछिल्ला तीन खेलमा एक मात्र जित निकालेपछि  टोटेनह्याम च्याम्पियन्स लिग यात्राबाट टाढिएसँगै जोजे माउरिन्होको तीव्र आलोचना भइरहेको छ। तर, एल्डरवेइरेल्डले खेल सकिन आठ मिनेट बाँकी छँदा गोल फर्काउँदै जित सुनिश्चित गराएका थिए र जुन जितबाट टोटेनह्यामले आगामी सिजनको युरोपा लिग यात्रा कायमै राखेको छ।  

जितसँगै टोटेनह्यामले आर्सनललाई आठौं स्थानबाट विस्थापित ग-यो। टोटेनह्यामले नवौं स्थानको आर्सनललाई दुई अंकले पछि पार्दा छैटौं स्थानको वुल्भ्ससँग दुई अंकले पछि छ। टोटेनह्यामले महत्वपूर्ण जित निकाल्दै सन् २००९/१० को सिजनपछि पहिलो पटक युरोपियन प्रतिस्पर्धाबाट बाहिरिने सम्भावना कम गरेको छ। ‘हामी निकै खुसी छौं, किनकि युरोपा लिगमा स्थान बनाउने सम्भावना जीवितै छ,’ माउरिन्होले भने, ‘इमानदारिताका साथ भन्नुपर्दा मिकेल (आर्टेटा)ले कसरी राम्रो खेल्ने भन्ने रणनीति विकास गरेका थिए।’

‘उनले धेरै सुधार गरिसकेका छन् र उनीहरूभन्दा हामी कमजोर देखिएका थियौं।’ टोटेनह्यामको नयाँ स्टेडियममा एलेक्सजेन्डर लाकाजेटले १६औं मिनेटमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए। सर्जी औरियर आफ्नो पोजिसनमा लडेको अवस्थामा फ्रेन्च स्ट्राइकर लाकाजेटले पेनाल्टी क्षेत्रबाट गरेको उत्कृष्ट प्रहार टप कर्नर हुँदै गोलमा परिणत भएको थियो। तर त्यसको तीन मिनेटपछि नै आर्सनलका सिड कोलासिनाचले सहकर्मी डेविड लुइजलाई दिएको ब्याक बल खोस्दै सन ह्युङ मिनले टोटेनह्यामलाई अग्रता दिलाए र सिजनको १० गोल पूरा गरे।

८२औं मिनेटमा एल्डरवेइरेल्डले सनको कर्नर पासमा उत्कृष्ट हेडर गर्दै टोटेनह्यामलाई जित दिलाए। आर्सनलका प्रशिक्षक आर्टेटाले उनीहरूलाई उपहार गोल दिन्छौं भने जति राम्रो खेल र रणनीति भए पनि केही गर्न नसकिने बताए। लेस्टरका लागि २३औं मिनेटमा गोल गरेका जेमी भार्डीले सिजनको २३ गोल पूरा गर्दै सर्वाधिक गोलकर्ताको अग्रता बढाएसँगै गोल्डेन बुटको दाबेदारी बलियो बनाए। तर, लेस्टरले दुई मिनेटको अन्तरमा दुई गोल बेहोर्दा बर्नमाउथ खेलमा फर्कियो। ६६औं मिनेटमा जुनियर स्टानिसलसले पेनाल्टीमार्फत् गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा फर्काए। 

त्यसको १ सय १ सय सेकेन्डपछि नै डोमिनिक सोलान्केले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाए। ६७औं डिफेन्डर काग्लर सुयन्चु रातो कार्ड खाँदै बाहिरिएपछि लेस्टर १० खेलाडीमा सीमित भयो। ८३औं मिनेटमा स्टानिसलसको प्रहार रोक्ने क्रममा लेस्टरका जोनी इभान्सले आत्मघाती गोल गर्न पुगेसँगै बर्नमाउथले ३–१ को अग्रता लिने अवसर पायो। ८७औं मिनेटमा सोलान्कले अर्को गोल थपेसँगै बर्नमाउथले पछिल्ला १० खेलमा पहिलो जित निकाल्यो। त्यो जितसँगै बर्नमाउथ १७औं स्थानको वाटफोर्डभन्दा तीन अंकले मात्र पछि छ र सिजनको तीन खेल बाँकी छँदा रेलिगेसनबाट बच्न संघर्ष गर्नेछ।

प्रकाशित: ३० असार २०७७ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App