८ वैशाख २०८१ शनिबार
खेल

हारले चेल्सीलाई सकस

प्रिमियर लिग शीर्ष चार

हारपछि निराश चेल्सीका खेलाडी। तस्बिर: एपी

सेफिल्ड युनाइटेडले प्रिमियर लिगअन्तर्गत चेल्सीको शीर्ष चारमा पर्ने सम्भावनामा असर पु-याउँदा ३–० ले स्तब्ध बनाएको छ।

स्टामफर्ड ब्रिजको टोली चेल्सी शनिबार सेफिल्डको मैदानमा स्तब्धपूर्ण नतिजा बेहोर्न बाध्य हुँदा लिभरपुलको घरेलु मैदान एन्फिल्डको लगातार जित यात्रामा बर्नलीले पूर्णविराम लगाएको हो। लिभरपुलले १–१ को गोलको नतिजासहित एक अंक प्राप्त गरेको थियो। म्यानचेस्टर सिटीले लगातार दशौं सिजन शीर्ष चार पक्का गर्दा रहिम स्टर्लिङले ह्याट्रिक पूरा गरे।  

उनकै ह्याट्रिकप्रेरित सिटीले घरेलु टोली ब्राइटनमाथि ५–० को रबाफिलो जित दर्ता ग-यो। यद्यपि, सिटीले च्याम्पियन्स लिग खेल्नका लागि भने युरोपियन फुटबलमा लागेको दुई वर्षको प्रतिबन्धविरुद्धको अपिल कुर्नुपर्नेछ। प्रतिबन्धविरुद्ध सिटीको अपिलबारे सोमबार निर्णय हुन सक्नेछ। यता, नर्विच सिटी प्रिमियर लिगबाट घटुवा हुँदा वेस्ट ह्याम युनाइटेडसँग ४–० को फराकिलो हार बेहो-यो। मिकाइल एन्टोनिओको चार गोलप्रेरित वेस्ट ह्यामले अर्को सिजन पनि शीर्ष लिगमा बस्ने सम्भावना बलियो बनाएको छ। १३ वर्षपछि प्रिमियर लिगमा फर्किएको सेफिल्ड यस सिजन राम्रो वरीयतातर्पm अग्रसर  छ।  

सेफिल्ड शीर्ष चारको दाउमा छ र जसलाई त्यो वरीयता प्राप्त गर्न पाँच अंक आवश्यक देखिएको छ। हारपछि पनि चेल्सी तेस्रो स्थानमा रह्यो, तर लेस्टर सिटीले बर्नमाउथ र म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनविरुद्ध जित निकाले चेल्सीमाथि ठूलो दबाब पर्नेछ। डेविड म्याकगोल्ड्रिकले लामो पर्खाइपश्चात् प्रिमियर लिग गोल गर्दा किपा एरिजाबालागाबाट फुत्किएको बललाई गोलमा परिणत गराएका थिए। 

यस बराबरीसँगै योर्गान क्लोपको टोलीले प्रिमियर लिगको अंकतालिकामा नयाँ रेकर्ड बनाउन बाँकी तीनै खेल जित्नुपर्नेछ। 

म्याक बुर्नीले फ्री हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर बनाउँदा पाहुना टोली चेल्सीको रक्षापंक्ति ध्वस्त भएको थियो। लाम्पार्डले दोस्रो हाफपछि एन्टोनिओ रुडिगरलाई पठाउँदै रक्षापंक्ति सुधार गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्। खेल सकिन १३ मिनेट बाँकी छँदा म्याकगोल्ड्रिकको दोस्रो गोल गर्दै चेल्सीलाई लज्जापूर्ण हार चखाए। ‘उनीहरू शारीरिक, मानसिक र प्राविधिक रूपमा पनि हामीभन्दा उत्कृष्ट थिए,’ लाम्पार्डले भने, ‘मैले धेरै कुरा सिकें र जुन कहिल्यै बिर्सन सक्दिनँ।’  

लिभरपुल पहिलो पटक असफल  
बर्नलीका गोलकिपर निक पोपको उत्कृष्ट प्रदर्शनका कारण लिभरपुल सन् २०१८ पछि पहिलो पटक एन्फिल्डमा जित निकाल्न असफल भएको छ। लिभरपुलले आफ्नो अग्रता जोगाउन नसक्दा यादगार यात्रालाई अगाडि बढाउन सकेन। एन्डी रोबर्टसनको गोलबाट लिभरपुलले अग्रता लिए पनि बर्नलीका जे रोड्रिग्वेजले बराबरी गोल फर्काएका थिए। यस बराबरीसँगै योर्गान क्लोपको टोलीले प्रिमियर लिगको अंकतालिकामा नयाँ रेकर्ड बनाउन बाँकी तीनै खेल जित्नुपर्नेछ। दुई वर्षअघि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा सर्वाधिक १ सय अंकको रेकर्ड स्थापित गरेको थियो।  

सिटीले ब्राइटनको मैदानमा ६ मध्ये चार खेलमा चार वा सोभन्दा बढी गोल गरेको छ। स्टर्लिङले सिजनकै उत्कष्ट प्रदर्शन गर्दै यस सिजन १७ गोल पूरा गर्दा ग्याब्रियल जिसस र बर्नाडो सिल्भाले १÷१ गोल थपे। सिटीले आगामी सिजनको च्याम्पियन्स लिग खेल्न पाए उत्कृष्ट प्रदर्शन गर्न सक्ने संकेत गरेको छ। ‘हामी त्यो स्थानमा खेल्न सक्षम छौं भन्ने मैदानको प्रदर्शनले स्पष्ट देखाएको छ। आशा गरौं सोमबार युइएफएले हामीले खेल्ने वातावरण सिर्जना गर्नेछ,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बताए।

प्रकाशित: २९ असार २०७७ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App