coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

डरैडरमा अभ्यास

रञ्जन विष्ट र अञ्जन विष्ट अभ्यासका क्रममा। तस्बिर: नागरिक

फागुन ३० गते पोखरामा सम्पन्न आहा रारा गोल्डकपको उपाधि जितेसँगै मनाङ मस्र्याङ्दी क्लबका स्ट्राइकर रञ्जन विष्ट पनि टोलीसँगै काठमाडौं फर्किए। प्रतियोगिताको सुरुआतबाटै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयले कोरोना भाइरस महामारीका कारण खेलकुद गतिविधि रोक्न निर्देशन दिइसकेका थिए। यद्यपि आहा रारा गोल्डकप भने सुरु भइसकेकाले रोकिएन।  

देशभर सञ्चालन हुने तयारीमा रहेका मोफसलका अन्य प्रतियोगिता भने रद्द भइसकेका थिए।  नेपाल लकडाउनमा भने गइसकेको थिएन। विष्ट पारिवारिक कामले हेटाैंडा उपमहानगरपालिका १० स्थित घर गएका थिए। त्यसको केही दिनमै कोरोना भाइरसको महामरीका कारण नेपाल पनि पूर्ण रूपमा लकडाउनमा गयो। त्यसपछि रञ्जन घरनजिकै रहेको फरेस्ट्री क्याम्पसको मैदानमा सामान्य अभ्यासका लागि जान थाले।  

‘पारिवारिक कामले घर आएको थिएँ।लकडाउन लागू हुने भएसँगै काठमाडौमा रहेका भाइ (अञ्जन विष्ट) र अन्य परिवार सदस्य पनि घर आए,’ रञ्जनले भने, ‘लकडाउनको सुरुका दिनमा पनि घरबाट निस्किनँ। तर सधैं घरमा बसिरहने कुरा पनि सम्भव भएन। अञ्जन र मैले घरमै सामान्य व्यायम गर्न थाल्यौं। केही दिनमा भने म,अञ्जन  राष्ट्रिय टोलीका मिडफिल्डर सुनिल बल र अमिर श्रेष्ठ लगायत ५–६ जना घरनजिकै फरेस्ट्रीको मैदानमा जान थाल्याैं। हामीलाई प्रशिक्षण दिने कोही थिएन। आफैं सामान्य अभ्यास गर्न थाल्यांै तर कुन बेला प्रहरी आउँछ र भाग्न पर्छ भन्ने डर भने भै नै रहन्थ्यो।’

फरेस्ट्री मैदानमा आफैं सामान्य अभ्यास गर्न थाल्याैं तर कुन बेला प्रहरी आउँछ र भाग्न पर्छ भन्ने डर भने भई नै रहन्थ्यो।’

‘अभ्यास गर्ने खेलाडी पनि थोरै र प्रहरीको पनि डर भएकाले केही दिनमा हामीले अभ्यास रोक्यौं,’ रञ्जन सम्झन्छन्, ‘त्यसपछि पुनः घरमै अभ्यास सुरु ग¥यौं। जेठ तेस्रो साताबाट भने  ‘ए’ डिभिजन लिग खेलेका केही खेलाडी र यु–१९ राष्ट्रिय टोलीका खेलाडी पनि थपिए। त्यसपछि भने हामीलाई विजयलाल श्रेष्ठले नियमित प्रशिक्षण दिन थाल्नुभयो। प्रशिक्षणका लागि केही माहोल बने जस्तो लाग्न थाल्यो।’

क्लबमा रहँदा गर्ने नियमित अभ्यासजस्तो भने आफूहरूले अहिले गरिहेको अभ्यास नहुने रञ्जनको बुझाइ छ।  

‘क्लबबाट प्रतियोगिता खेल्दा एउटा निश्चित लक्ष्य लिएर खेलिन्छ, तर अहिले अवस्था फरक छ। हामीले फिटनेसका लागि मात्र खेल खेलिरहेका छांै,’ रञ्जनले भने, ‘काठमाडांैमा भएजस्तो सेवासुबिधा यहाँ छैन पनि र हामीसँग अहिले खेलकुद सामग्री पनि धेरै छैन।’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साउन पहिलो साताबाट अक्टोबरमा घरेलु मैदानमा हुने विश्वकप छनोटका लागि अभ्यास सुरु गर्ने बताए पनि अन्य फुटबल गतिविधि कहिले हुन्छ भन्ने बारे केही बताएको छैन। ब्याटमिन्टन र करातेलगायत केही खेलका अभ्यास सुचारु भए पनि खेलकुद मन्त्रालय र राखेपले पनि खेलकुद गतिविधि कहिले सुचारु हुनेबारे केही बताएका छैनन्।  

‘जर्मनीले बन्द रंगशालामा स्वास्थ्य निर्देशिका र सामाजिक दूरीको निर्देशिका पालना गर्दै बुन्डेसलिगा सम्पन्न गरायो। इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरी ‘ए’ का साथै दक्षिण एसियाली राष्ट्र भुटान, माल्दिभ्स र श्रीलंकामा पनि फुटबल गतिविधि सुचारु भइसकेका छन्। यहाँ पनि निर्देशिका दिएर फुटबल गतिविधि सुचारु गर्नुपर्छ। हामी नियमित फुटबल गतिविधिबाट अलग भएको करिब ३ महिना बितिसकेको छ। एउटा खेलाडी शारीरिक र मानसिक रूपमा पनि फिट हुन आवश्यक छ। लामो समय घरमै बस्दा र खेलकुद गतिविधिबाट अलग हुँदा यसले मानसिक रूपमा पनि दबाब बढ्छ,विशेषत आर्थिक पाटोका कारण। क्लब व्यवस्थापन र एन्फाले यसबारेमा सोच्न आवश्यक छ।

प्रकाशित: २९ असार २०७७ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App