coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पाएनेको त्यो पीडा

अस्ट्रेलियाका टेस्ट कप्तान टिम पायनेले खेलजीवनको सुरुआती दिनमा चोटका कारण मैदानबाहिर बस्दा क्रिकेट खेलप्रति नै घृणा जागेको खुलासा गरेका छन्।

३५ वर्षे पायनेले २०१८ देखि अस्ट्रेलियाली टेस्ट टोलीको नेतृत्व गरिरहेका छन्। तत्कालीन कप्तान स्टिभ स्मिथ बल टेम्परिङको घटनामा मुछिएपछि पायनेले कप्तानको जिम्मेवारी पाएका थिए।  

तर सन् २०१० मा अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट डेब्यु गरेका विकेटकिपर पायने आंैलामा लागेको चोटका कारण खेलजीवन नै अन्त्य गर्ने सँघारमा पुगेका थिए। यस क्रममा उनको सात पटक शल्यक्रिया गरिएको थियो भने दुई वर्ष मैदानबाहिर बसेका थिए। लामो समय मैदानबाहिर बस्दा निराश बनेका पायनेले बिस्तारै खेलमा फर्कने आत्मविश्वास बटुल्दै गए।

‘म यस्तो अवस्थामा पुगेको थिएँ,जहाँबाट मैले क्रिकेट जीवन नै अन्त्य गर्ने सोच बनाइसकेको थिएँ,’ पायनेले भने, ‘जब म मैदान फर्किएँ, मलाई विकेटकिपिङ गर्दा बलले लाग्छ कि भन्ने डर लाग्थ्यो।’

पायनेले मैदानबाहिर बस्दा क्रिकेट खेल्न रुचि घटे पनि खेल हेर्नेमा भने बढी चाख लागेको बताए।

‘म असफल भएँ भन्ने लाग्न थालेको थियो। म संघर्ष गरिरहेको थिएँ, तर मलाई बुझ्ने कोही थिएन,’ पायनले, ‘म घरमै रोइरहेको हुन्थें। यो निकै पीडादायी क्षण थियो। मेरो कारण धेरै जनाले दुख पाइरहेका छन् जस्तो लाग्थ्यो।’

पायनेले क्रिकेट तस्मानियाका स्पोर्ट्स साइकोलोजिस्टसँगको परामर्शपछि पुनः क्रिकेट खेलमा लाग्ने आत्मविश्वास बढेको बताए। सन् २०१७–१८ को एसेस शृंखलामा भने पायनेले टोलीमा स्थान बनाए। त्यसपछि भने उनी निरन्तर टोलीमा समावेश भए।

प्रकाशित: २९ असार २०७७ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App