८ वैशाख २०८१ शनिबार
खेल

पोखरा क्रिकेट मैदानको स्तरोन्नतिको काम अनिश्चित

बैंकले भेरिफिकेशन नदिदाँ सम्झौतामा समस्या

बैंकले ‘विड बोण्ड’ भेरिफिकेशन नदिदाँ पोखरा रंगशाला क्रिकेट मैदानको स्तरोन्नतिको काम अनिश्चित बनेको छ। राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदान स्तरोन्नित गर्न तीन करोड रुपैयाँ बजेटसहित टेण्डर आह्वान गरेको थियो। कोभिड–१९ कै महामारीको शुरुवाती समयमै आह्वान गरिएको टेण्डर तीन पटक म्याद थप गरेको थियो। दुई कम्पनीले अन्तिम समयमा चासो दिएको थियो। तर बैंकले भेरिफिकेशन नदिदाँ कम्पनीसँग परिषदले सम्झौता गर्न नसकेपछि पोखरा रंगशालाको क्रिकेट मैदान स्तरोन्नति गर्ने काम अनिश्चित बनेको हो।  

यतिबेला राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव विहीन छ। सदस्य सचिव विहीनले समय सम्झौता गर्न ढिलाई भएको राष्ट्रिय खेलकुद परिषदले नै जनाएको छ। ‘बैंकले भेरिफिकेशन दिएको छैन्। त्यसले गर्दा सम्झौता हुन सकेन्। सम्झौता नहुदाँ नयाँ आर्थिक वर्ष लागेपछि मात्रै फेरी प्रक्रियागत रुपमा अगाडि बढ्ने सम्भावना छ।’ राष्ट्रिय खेलकुद परिषद पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले भने–‘सदस्य सचिव नहुदाँ समेत सम्झौतामा ढिलाई भएको हो।’ सम्झौता नहुदाँ क्रिकेट मैदानलाई छुट्टाइएको रकम खातामै थन्किएको छ।’

जुन बैंकमा काम गर्नको लागि धरौटी राखेको हो त्यही बैंकले भेरिफिकेशन गर्नुपर्छ। बैंक ग्यारेन्टी नहुदाँसम्म सम्झौता हुदैन्। सम्झौता नै नभएपछि क्रिकेट मैदानको काम भने ठप्पै भएको छ। टेण्डर फाईनल गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै मैदानको स्तरोन्नति गर्ने चाहना परिषदले राखेको थियो। परिषदको चाहनालाई कार्यान्वयन गर्न स्थानीयस्तरबाट कास्की जिल्ला क्रिकेट संघले समेत आवश्यक पहलकदमीसँगै तदारुकता देखाएको थियो। मैदानको लागि परिषदले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आयोजना गर्दा झण्डै २८ लाख रुपैयाँ खर्च गरिएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियरि प्रनिस ताम्राकारका अनुसार प्राक्टिस पीच, साईट स्क्रीन र दुईवटा मोवाईल शौचालय लगायतलाई २८ लाख रुपैयाँ खर्च गरिएको इन्जिनियर ताम्राकारले बताए। आउट फिल्ड लेभलिङ गर्नुपर्ने छ।  

छुट्टाइएको तीन करोड रुपैयाँको बजेटबाट मैदान वरिपरी पानीको निकासको लागि नाली, मैदान संरक्षण गर्न आन्तरिक फेन्सिङ, पीच निर्माणलाई प्राथमिकता राखेको थियो। त्यसपछि मैदानको दक्षिण क्षेत्रमा खेलाडीको लागि चेन्जिङ रुम निर्माण गर्ने योजना थियो। कास्की जिल्ला क्रिकेट संघ भने बजेट नहुदाँ मर्मत सम्भार र स्टोरको अभावले सामान थन्क्याउन नसकिएको बताउँदै आएको छ। त्यही बजेटबाट स्टोर निर्माण गर्ने योजना समेत रहेको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलको भनाई छ। सागकै समयमा ग्रास कटर, पीच रोलर, पीच कभर लगायतका सामान आएको थियो। ती सामान थन्क्याउन पनि स्टोर बनाउनुपर्नेमा उनको जोड थियो।

प्रकाशित: २८ असार २०७७ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App