१५ चैत्र २०८० बिहीबार
खेल

रियालको जित

दबाबमा बार्सिलोना

आल्भेसका खेलाडीका बीचबाट बल अघि बढाउँदै रियालका लुका मडरिच (सेतो)। तस्बिर : एएफपी

डेपोर्टिभो आल्भेसमाथि २–० को जित  हात पार्दै रियाल मड्रिडले स्पेनिस ला लिगाको दोस्रो स्थानको बार्सिलोनामाथि ४ अंकको अग्रतालाई निरन्तरता दिएको छ। प्रतिबन्धमा परेका कप्तान सर्जियो रामोसबिना नै मैदान उत्रिएको रियालको कप्तानी करिम बेन्जेमाले सम्हालेका थिए। रियालको घरेलु मैदानमा जित निकाल्दा कप्तान बेन्जेमाले ११औं मिनेटमा पेनाल्टीबाट सुरुआती अग्रता निकालेका थिए। यससँगै जारी सिजनमा ग्रिजम्यानले २३औं गोल पूरा गरेका छन्। 

५०औं मिनेटमा मार्कोस एसेन्सियोले टोलीका लागि दोस्रो गोल गर्दा शीर्ष स्थानको रियाललाई स्पष्ट अंक हात लागेको हो।  रियालले शुक्रबार जितलार्ई निरन्तरता दिँदा दोस्रो स्थानको बार्सिलोनालाई दबाब कायमै रहेको छ। चार अंकको दूरी बनाएको रियालले अब लिगमा सोमबार ग्रानाडाको मैदानमा आतिथ्य गर्दै छ।  ‘अझै उपाधि निश्चित छैन,’ रियालका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘अहिलेको अवस्थामा ला लिगा निकै कठिन मोडमा छ। अझै तीन खेल खेल्न बाँकी छ र ती सबै खेल फाइनलसरह छन्।

‘अझै जटिल खेल बाँकी रहेकाले हामी खेलमा नै केन्द्रित हुनुपर्छ,’ राफाइल भरानले भने। प्रशिक्षक एसियर ग्रारिटानो बर्खास्त भएपछि आल्भेसले पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन। यसअघि आल्भेसले लगातार खेलमा लज्जास्पद खेल खेल्नु परेको थिएन। शुक्रबारको पराजयले हाल रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको आल्भेसलाई कठिन भएको छ। आल्भेसभन्दा एक स्थान मुनि रहेको मालोर्का ३२ अंकका साथ १८औं स्थानमा अटाउँदा आल्भेस ३५ अंकका साथ १७औं स्थानमा छ।  

‘अहिलेको अवस्थामा ला लिगा निकै कठिन मोडमा छ। अझै तीन खेल खेल्न बाँकी छ र ती सबै खेल फाइनलसरह छन्।

मुख्य खेलाडी सर्जियो रामोस, डानी कार्भाहल लगातार दोहोरो पहेंलो कार्डको सामना गर्दै बेन्चमा रहँदा ब्राजिलियन मार्सेलो चोटका कारण मैदानबाहिर रहेका थिए। मुख्य खेलाडीबिना नै शुक्रबार जित निकाल्दा रियालका प्रशिक्षक जिनेदिन जिदानको मनोबल बढेको छ। यससँगै आगामी दिनमा जिदानको टोलीलाई स्पष्ट जित निकाल्न सहज बनेको छ। इडेन हाजार्ड पहिलो रोजाइमा नपरे पनि दोस्रो हाफमा प्रशिक्षक जिदानले स्थान दिएका थिए। कुर्कुचाको समस्या देखिएपछि जिदानले अघिल्ला खेलमा आराम दिएका थिए।  

लिगअन्तर्गत शुक्रबार भएका खेलमा ग्रानडाले रियाल सोसिडाडको मैदानमा ३–२ को जित निकाल्दा सेभियाले पनि एट्लेटिको विलवाओ भ्रमण २–१ ले सार्थक बनायो।  

प्रकाशित: २८ असार २०७७ ०५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App