७ वैशाख २०८१ शुक्रबार
खेल

नर्विच सिटी रेलिगेसनमा

वेस्ट ह्यामसँग निराश भएसँगै नर्विच सिटी इङ्लिस प्रिमियर लिगको रेलिगेसनमा परेको छ। प्रिमियर लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा मिचेल एन्टेनियोको उत्कृष्ट प्रदर्शनप्रेरित वेस्ट ह्यामले नर्विचलाई ४–० ले हराएको हो। वेस्ट ह्यामको सहज जितमा एन्टेनियोले ४ गोल गरेका थिए।  

११औं मिनेटमा एन्टेनियोले बललाई जाली चुमाउँदै वेस्ट ह्यामलाई खेलमा अघि बढाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा एन्टेनियोले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै वेस्ट ह्यामको अग्रता दोब्बर पारे। ५४औं मिनेटमा ह्याट्रिक पूरा गरेका एन्टेनियोले त्यसको २० मिनेटपछि टोलीका लागि चौथो गोल पूरा गरे।  

३५ खेलमा २१ अंक जोडेको नर्विच सिटी २१ अंकका साथ तालिकाको पुछारमा छ। समान खेलमा ३४ अंक बटुलेको वेस्ट ह्याम १६औं स्थानमा छ। शनिबारै भएको अर्को खेलमा वाट्फोर्डले न्युक्यासल युनाइटेडलाई २–१ ले हरायो। वाट्फोर्डको जितमा टोरे डेनेले २ गोल गर्दा न्युक्यासलका ड्युलाइट गेलले एक गोल गरेका थिए।

प्रकाशित: २८ असार २०७७ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App