६ चैत्र २०८० मंगलबार
खेल

विमानस्थलको नहरले गल्फ कोर्षमा समस्या

क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नहरले थेग्न नसकेको पानी अ‍ेभरफ्लो हुँदै झर्दा पहिरोको रुप लिएको छ । गल्फ कोर्ष कटान सुरु गरेको छ । तस्बिर : नागरिक

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नहरको पानीको सहज निकास नहुँदा विजयपुर खोला किनारमा रहेको हिमालयन गल्फ कोर्षलाई क्षति पुर्‍याएको छ । गल्फ कोर्षकै माथिबाट विमानस्थलको नहरको पानी निकास गर्न खोजेपनि नहरले पानी थेग्न नसक्दा पानी तल झर्दा गल्फ कोर्षको फेयरवेल क्षति ग्रस्त बनाएको छ । 

वर्षेनी बर्षातको समयमा यो समस्या दोहोरिदैं आएको छ । विमानस्थलबाट पानीको निकास दिन गल्फ कोर्षमा झार्दै विजयपुर खोलामा मिसाउने योजना अनुरुप नहर बनाईएपनि नहरले पानी थेग्न नसकेपछि समस्या निम्त्याएको हो । नहरलाई व्यवस्थापन नगर्दा गल्फ कोर्षकै केही होल बग्ने सम्भावना उत्तिकै छ । ‘विमानस्थलको पानीको निकास नहरबाट झार्ने योजनासहित बनाईएपनि पानीको बाहब बढी हुँदा नहर भन्दा बाहिरबाट तल झर्दा फेयरवेलमा समस्या बनाएको छ । जमिन कटानले ग्रिन समेत बगाउने चिन्ता थपिएको छ ।’ हिमालयन गल्फ कोर्षका व्यवस्थापक एवं नेपाल गल्फ गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङ(भुवन)ले भने–‘गल्फ कोर्ष जोगाउन विमानस्थलले नहरलाई उचित व्यवस्थापन गरेर निकास दिनुपर्छ ।’ 

गुरुङका अनुसार होल नं ३ र होल नं ८ को जमिन कटान हुँदै गएको छ । ‘झरिपरिरह्यो भने ग्रिनलाई नै समस्या बनाउँछन् । पानीको निकासको व्यवस्थापन गर्न कठिनाई छ ।’ उनको भनाई थियो । विमानस्थलले बनाएको नहरभन्दा बाहिर खेतबाट पानी सिधैं तल झर्दा पहिरोको जोखिम समेत बढेको छ । बिहीबार रातिदेखि परेको अविरल बर्षाले विजयपुरको खोलाको सतह बढ्दा नेपालकै उत्कृष्ठ गल्फ कोर्ष हिमालयन गल्फ कोर्षको केही होलको फेयरवेल कटान गरेको छ । यसले कोर्षको ग्रिनलाई समस्या निम्त्याएको छ । 

विजयपुर खोलामा पानीको सहत बढेसँग चिन्ता थपिँदा अर्कोतिर विमानस्थलले बनाएको नहरको पानीको सहज निकासमा समस्याले गल्फ कोर्ष जोगाउनै मुश्किल परेको छ । विश्कै नमूना गल्फ कोर्षमा पर्ने हिमालयन गल्फ कोर्ष १८ होलको छ । पार ७० को कोर्षमा नियमितजसो प्रतिस्पर्धाको लागि स्वदेशी तथा विदेशी गल्फर आउने गरेका छन् । पछिल्लो समय कोभिड–१९ को महामारीले गल्फ कोर्षमा गल्फको गतिविधि हुन सकेको छैन ।

प्रकाशित: २६ असार २०७७ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App