८ वैशाख २०८१ शनिबार
खेल

बाम्राङमा खेलमैदान निर्माण सुरु

बाम्राङमा स्काभेटर प्रयोग गरेर खेलमैदान निर्माण गरिँदै । तस्बिर : नागरिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा खेलमैदान निर्माण सुरु गरिएको छ । स्थानीय स्वर्गीय पदमध्वज राईको परिवारले खेलकुद विकास समिति बाम्राङलाई २५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि खेलमैदान निर्माण सुरु गरिएको हो । 

आर्थिक वर्ष २०७६/०७७ मा वडा कार्यालयबाट ४ लाख ५० हजार बिनियोजन भएपछि बहुउद्धेश्यीय खेलमैदान निर्माण सुरु गरिएको हो । खेलकुदको व्यवसायीक बिकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ स्थानीयको सहकार्यमा बहुउद्धेश्यीय खेलमैदान निर्माण सुरु गरिएको बाम्राङ युवा क्लबका अध्यक्ष किर्तमान राईले बताए । कोभिड–१९ का कारण शिलान्यास नगरी खेलमैदान निर्माणको काम थालिएको हो ।  

साविकको सदरमुकामसँग जोडिएको बाम्राङमा खेलमैदानको आवश्यकता परेको तथा वडाबासीको मागलाई ध्यानमा राखेर खेलमैदान निर्माणको काम सुरु गरिएको वडाध्यक्ष ललितकुमार राईले बताए । पछिल्लो समय वडा–वडामा खेलमैदान निर्माण गर्ने हाड चलिरहेकाबेला बाम्राङमा पनि खेलमैदान निर्माणको काम सुरु गरिएको हो । खेलमैदान निर्माणको काम सकिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका विभिन्न खेलकुद गतिविधि सञ्चालनका लागि सहज हुने दाबी गरिएको छ । 

खेलमैदानका लागि पदमध्वजको स्मृतिमा श्रीमती कृष्णकुमारी, छोराहरु अयन, बैज, केजिन, शैलेन्द्र, ज्ञानिन राई लगायले जग्गा उपलव्ध गराएका हुन् ।  

 

 

प्रकाशित: २५ असार २०७७ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App