६ चैत्र २०८० मंगलबार
खेल

उपहार गोलले राहत

एभर्टनमाथि १–० को जित निकाल्दा सोमबार टोटेनह्यामका ह्युगो लोरिसले सहकर्मी सन ह्युङसँगको खराब गतिविधि मेलमिलापमा परिवर्तन भएको बताएका छन् ।

हाफ टाइममा मैदानबाट बाहिरिने क्रममा फ्रान्सेली गोलकिपर लोरिस आफ्नै टोलीका सनमाथि जाइलागे र सनलाई कराउँदै उनको काँधमा धकेलेका थिए । धेरै जसो शान्त स्वभावमा देखिने सनले पनि लगत्तै गोलकिपर लोरिसमाथि प्रतिक्रिया जनाएपछि टोटेनह्यामकै सहकर्मी ह्यारी विङ्स र मौसा सिसोकोले छिट्टै उक्त गर्मागर्मीलाई शान्त पारेका थिए । एभर्टनका रिचार्लिसनले चुनौती सामना गर्नुअघि सनले मिडफिल्डमा बल फुत्काएका कारण लोरिस उनीसँग चिढिएका हुन् ।  

‘दोस्रो हाफ सकिनुभन्दा केही सेकेन्डअगाडि गोल बेहोर्ने खतरा थियो, कसैको ध्यान नगएपछि त्यस्तो अवस्था सिर्जना भयो । फुटबलमा यस किसिमका घटना भइराख्छन्,’ लोरिसको स्पष्टीकरण थियो । टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले हाफ टाइमको समयमा विवाद समाधान गर्न खोजेपछि क्लबले खासै ठूलो क्षति बेहोर्नुपरेन । उत्तरी लन्डनमा रेफ्रीले खेल सकिएको संकेत गर्दै अन्तिम सिटी फुकेपछि दुवैले रिस त्यागे र लोरिसले सनलाई बोक्दै खुसी व्यक्त गरेका थिए । सिजन फर्किएपश्चात् टोटेनह्यामले दोस्रो सफलता निकाल्दा सन र लोरिसले दुवै झगडा बिर्सिए ।

‘चेन्जिङ रुम जाँदा मात्र त्यो घटना देखिएको थियो । मैदानबाहिर चाहेअनुरूप नहुँदा त्यस्तो हुन सक्छ र फुटबल कहिलेकाहीं भइरहेका पनि छन् । इमानदारिताका साथ भन्नुपर्दा त्यो अवस्थामा हामी खुसी थिएनौं र त्यसैले झगडा ग¥यौं । हामी हाम्रो लक्ष्य भेट्याउन चाहन्थ्यौं,’ लोरिसले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा टिम गेमतर्पm ध्यान केन्द्रित हुन जरुरी हुन्छ र हामीले टिमका हित हुने तवरबाट त्यो गतिविधि गरेको हुनुपर्छ । तर अहिले उनी र मबीच कुनै समस्या छैन, जुन तपार्इंहरूले पनि खेल सकिने बित्तिकै देखिहाल्नु पनि भयो होला ।’ पहिलो हाफमा पाएको आत्मघाती गोलबाट टोटेनहमले तीन अंक प्राप्त गरेको थियो ।

टोटेनह्यामका जिओभानी लो सेल्सोको सट प्रहार रोक्ने क्रममा एभर्टनका डिफेन्डर मिकाइल किनले आफ्नै पोस्टमा गोल गर्न पुगे । सन र लोरिसबीच भड्किलो वातावरण सिर्जना भएको दिन माउरिन्होले प्रिमियर लिगमा व्यक्तिगत दुई सयौं जित दर्ता गराए । ‘मैले उनीहरू (सन र लोरिस)बाट धेरै आशा गरेको थिएँ र त्यसैले सहकर्मीबीच पनि दबाब बढ्यो । पहिलो हाफमा त्यस किसिमका अवस्था सिर्जना भयो र कप्तानको विचारमा सनले अभैm धेरै राम्रो गरून् भन्ने थियो,’ माउरिन्होले भने, ‘उनीहरूबीच त्यस्तो ठेलमठेल भएको थिएन, तर टिमका लागि राम्रो होस् भन्ने धारणा व्यक्त थियो । दोस्रो हाफको अन्तसम्म उनीहरू एक भएर भिडे ।’ सबै प्रतियोगितामा गरेर पछिल्ला १० खेलबाट दोस्रो जित निकालेको टोटेनह्याम प्रिमियर लिग अंकतालिकामा आठौं स्थानमा उक्लिएको छ र सातौं स्थानको उत्तरी लन्डन प्रतिद्वन्द्वी आर्सनलभन्दा एक अंकले पछि छ । माउरिसियो पोचेटिनोको नेतृत्वमा च्याम्पियन्स लिग फाइनल खेलेको टोटेनह्यामले एक वर्षपछि नै युरोपा लिगका लागि संघर्ष गरिरहेको छ । जितसँगै टोटेनह्याम सन् २००९÷१० को सिजनपश्चात् युरोपियन प्रतिस्पर्धाबाट बाहिर रहने भय केही कम भएको छ । सन् २०१२ देखि टोटेनह्यमलाई हराउन नसकेको एभर्टनले पछिल्ला चार खेलमा पहिलो हार बेहोरसँगै आगामी सिजनको युरोपियन प्रतिस्पर्धाबाट टाढिएको छ ।

प्रकाशित: २४ असार २०७७ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App